• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

कोरोनाविरुद्धको खोप अभियान सफल बनाउन सरकारको अपिल


  •   सोमबार, पुष ०५, २०७८ मा प्रकाशित
  • काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आगामी चैत्रभित्र सबै जनतालाई कोरोनाविरुद्धको खोप दिने सरकारको अभियानलाई सघाउन अपिल गर्नुभएको छ ।

    Advertisement

    कोभिड–१९ विरुद्धको विशेष खोप अभियानबारे प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा आज सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा भएको प्रदेश सरकारका मुख्यमन्त्रीहरूसँगको छलफलमा प्रवक्ता कार्कीले चैतभित्र पूर्ण खोप पु¥याउने अभियान सफल बनाउनु सबैको कर्तव्य भएको बताउँदै प्रधानमन्त्रीको अठोटलाई पूरा गर्न आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न अपिल गर्नुभयो ।

    प्रवक्ता कार्कीले भन्नुभयो, ‘प्रधानमन्त्रीले मुलुकको कार्यभार सम्हाल्दै गर्दा जनताको जीवन रक्षाका निमित्त खोप लगाउन बाँकी सबै नेपालीलाई चैतभित्र पूरा गर्ने अठोट गर्नुभएको थियो, त्यो प्रतिवद्धता विश्वासमा परिणत भएको छ, आज खोपको सन्त्रासबाट विस्तारै हाम्रो समाज उन्मुत्तितर्फ अगाडि बढेको छ, चैत्रभित्र सरकारले खोपसँगै आर्थिक व्यवस्था पनि गरेको छ, अब यसलाई सफल बनाउनु सबैको उत्तिकै भूमिका हुन्छ ।

    खोपका लागि बजेट पर्याप्त छ : अर्थमन्त्री
    अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले खोप अभियानलाई सफल बनाउन सहयोग गर्ने सबैप्रति सरकारको तर्फबाट धन्यवाद व्यक्त गर्दै नेपाली जनतालाई पूर्ण खोपको अवस्थामा पु¥याउने वित्तिकै मुलुकको आर्थिक वृद्धिमा मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

    मन्त्री शर्माले तोकिएको समयभन्दा पहिले नै पूर्ण खोपको लक्ष्य पूरा गर्नुपर्नेमा जोड दिँदै खोप र अन्य सामग्रीका लागि बजेटको कुनै समस्या नभएको जानकारी दिनुभयो । उहाँले जनशक्तिको अभाव भएमा त्यसका लागि पनि व्यवस्थापन गरिने बताउँदै अभियान सफल पार्न प्रदेश र स्थनीय तहलाई आग्रह गर्नुभयो । अभियानलाई सफल बनाउन स्थानीय तहलाई विशेष ढङ्गले परिचालन गर्नुपर्ने उहाँको भनाइ छ । अभियानका लागि हालसम्म रु ३३ अर्ब २४ करोड रु पाँच लाख खर्च भएको र अहिले अभियानका लागि रु ३३ अर्ब बराबरको कोष रहेको जानकारी दिनुभयो ।

    गृहमन्त्री बालकृष्ण खाँणले विभिन्न जिल्लाका शैक्षिक संस्थाका शिक्षक र विद्यार्थीलगायत सबै जनतामा खोप पु¥याउने अभियानलाई अभियानकै रुपमा अगाडि बढाउन प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिनुभयो । उहाँले नेपालमा ठूलो सङ्ख्याले खोप लगाए पनि कोरोनाबाट अझै मुक्त भइनसकेको बताउँदै सङ्क्रमणमुक्त हुनका लागि स्वास्थ्य सतर्कता अपनाउँदै मापदण्ड अपनाउनुपर्नेमा जोड दिनुभयो ।

    स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले सहरी क्षेत्रमा सन्तोषजनक खोप लगाइएको जानकारी दिँदै ग्रामीण क्षेत्रमा पनि उत्साहजनक रुपमा खोप अभियान अगाडि बढिरहेको जानकारी दिनुभयो । आगामी चैतसम्ममा लक्षित परिणाम हासिल गर्न तीव्र रुपमा काम गर्नसमेत निर्देशन दिनुभयो ।

    संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले पूर्ण खोप सुरक्षित जीवनको अभियान भएकाले त्यसलाई प्रभावकारी रुपमा सञ्चालन गर्न तीनै तहका सरकारले सक्रियताका साथ लाग्नुपर्नेमा जोड दिनुभयो ।(रासस)

    सोमबार, पुष ०५, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.