• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

सुर्खेतमा सिम्ताली भाषिकाको शब्दकोष निर्माण गरिँदै


  •   आइतबार, पुष ०४, २०७८ मा प्रकाशित
  • वीरेन्द्रनगर । सुर्खेतमा सिम्ताली भाषिकाको शब्दकोश निर्माण गरिने भएको छ । सिम्ताली एकता समाजको आयोजनामा सिम्ताली शब्दकोश निर्माण गर्न थालेको हो ।

    Advertisement

    यसै सन्दर्भमा सिम्ता गाउँपालिकाको सहयोगमा सोही पालिकाको सभाकक्षमा २०७८ पुुस २ र ३ गते “भाषिका सिद्धान्त, नेपाली भाषाका भाषिक भेदहरू र सिम्ताली–नेपाली शब्दकोश निर्माण“ सङ्गोष्ठी निर्माण भएको छ ।

    सङ्गोष्ठीमा बोल्दै प्रमुख अतिथि प्रा.डा. जीवेन्द्र देव गिरीले भाषिकाबारे महत्त्वपूर्ण छलफल हुनु र सिम्ताली–नेपाली शब्दकोश छिट्टै प्रकाशित हुने वातावरण बन्नु हर्षको कुरा भएको बताउनुभयो ।

    विशिष्ट अतिथि सिम्ता गाउँपालिकाका अध्यक्ष कविन्द्र केसीले भाषासाहित्य र संस्कृतिको विकासका निम्ति हरेक वर्ष गाउँपालिकाले बजेट छुट्याउने गरेको जानकारी गराउँदै सिम्ताली नेपाली पाठ्यक्रमका साथै सिम्ताली–नेपाली शब्दकोश, यस भाषिकाको व्याकरण र सिम्ताली लोकगीतसम्बन्धी पुस्तक गाउँपालिकाले प्रकाशन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    सङ्गोष्ठीमा प्रा.डा. जीवेन्द्र देव गिरीले “सिम्ताली–नेपाली शब्दकोश निर्माण”, डा. हर्कबहादुर शाहीले “नेपाली भाषाका भाषिक भेदहरू” र रमेश खत्रीले “भाषिका सिद्धान्त” विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

    उक्त कार्यपत्रहरूमाथि क्रमशः डा. दीपक गौतम, बलभद्र भारती र रेशम विष्टले टिप्पणी गर्नुभएको थियो ।

    शब्दकोशमा सुझावका निम्ति गठित विभिन्न समूहका तर्फबाट रुद्र केसी, भूपालसिंह ठकुरी र मानबहादुर शाहीले केही सुझाव दिँदै आफूहरूले पछि पनि यसको शब्दसङ्ख्या बढाउन आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

    नेकपा (एमाले) का प्रदेश कमिटी सदस्य ऐनबहादुर चन्द, पालिका पार्टी कमिटी अध्यक्ष डम्बर घर्ती, नेपाली काङ्ग्रेसका सभापति वीरेन्द्र रावत र नेकपा (एकीकृत माओवादी) का अध्यक्ष झुपबहादुर बुढाले शुभकामना मन्तव्य दिनुभएको उक्त कार्यक्रमको सभापतित्व समाजका अध्यक्ष लकिकतसिंह ठकुरीले गर्नुभएको थियो ।

    थुमान अधिकारीद्वारा सञ्चालित र विनोद हमालद्वारा स्वागत भाषण र शिक्षक सङ्गठनका अध्यक्षद्वारा धन्यवाद ज्ञापन गरिएको थियो ।
    कार्यक्रममा पृथ्वीबहादुर सिंह, निरञ्जना चन्द, कोकिला सिंह, विष्णु महतारा, सीता यरी, श्री विकलगायतका स्रष्टाले कविता, गजल वाचन गर्नुभएको थियो ।

    आइतबार, पुष ०४, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति
    मुन्धुम पैदलमार्ग र प्रिय सुदीप
    जुन गाउँले मलाई धेरै दियो
    जीवन र मृत्यु
    बाल स्रष्टाहरूको सिर्जनात्मक उत्सव सम्पन्न, सिर्जना डबलीको वेबसाइट विमोचन
    ‘१२ मे’ नाटक भदौ २१ गते मञ्चन हुने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • २.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ३.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ४.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ५.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ६.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ७.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ८.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.