कृष्ण केसी, नारायणगढ ।
राष्ट्रिय जनमोर्चाको सङ्गठन अभियान तीव्र गतिमा चलिरहेकै बेला भरतपुर महानगरपालिका वडा नं. २३ जगत्पुरमा राष्ट्रिय जनमोर्चाको भेला सम्पन्न भएको छ ।
Advertisement
अखिल नेपाल किसान महासङ्घ (अप्फा) का अध्यक्ष भैरवराज रेग्मीको र राजमो नेता विष्णु पौडेलको उपस्थितिमा २०७८ पुस ३ गते सो भेला सम्पन्न भएको हो ।
भेलाले उमा चालिसेको अध्यक्षतामा १३ सदस्यीय राजमोको वडा समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा केएन शर्मा, सचिवमा भगवती शर्मा, सहसचिवमा वीरप्रसाद चालिसे र कोषाध्यक्षमा गीता सुवेदी रहनुभएको छ ।
त्यस्तै, सदस्यमा गुणनिधि शर्मा, डिलप्रसाद शर्मा, कालिदास सुवेदी, गणेश चालिसे, रमेश चालिसे, शेखरनाथ आचार्य र नारायण पराजुली रहनुभएको छ । समितिमा सदस्यको एक स्थान रिक्त राखिएको छ ।