खलङ्गा । राष्ट्रिय जनमोर्चाको आयोजनामा प्युठान जिल्लाको मल्लरानी–३ मा प्रशिक्षण भेला सम्पन्न भएको छ ।
Advertisement
राजमो वडा समितिका अध्यक्ष बोधिप्रसाद पोख्रेलको अध्यक्षतामा २०७८ पुस ३ गते सम्पन्न सो कार्यक्रममा राजमो केन्द्रीय सदस्य प्युठान जिल्ला अध्यक्ष कृष्णबहादुर खड्काले प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्नुभएको थियो ।
राजमो केन्द्रीय सदस्य वासुदेव पोख्रेलले समसामयिक राजनीतिबारे प्रशिक्षण दिनुभएको सो कार्यक्रममा उपस्थित जनसमुदायलाई कार्यपालिका सदस्य चन्द्रबहादुर सार्कीले स्वागत गर्नुभएको थियो ।
वडा समितिका अध्यक्ष गिरीराज पौडेलको सञ्चालनमा अघि बढेको सो कार्यक्रममा सङ्गठन निर्माणसम्बन्धी विभिन्न योजना बनाइएको प्राप्त समाचारमा उल्लेख छ ।