• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

निर्वाचन पराजयपछि मर्जमाथि दबाब

अन्तरिक्षमा खेतीको प्रयोग तीव्र पार्दै चीन, १४ प्रजातिका वनस्पति उत्पादन

इटालीका विद्यालयमा बुर्का, नकाब प्रतिबन्धको तयारी

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

प्रलेस सांस्कृतिक रूपान्तरणको पक्षमा काम गर्ने सबैभन्दा पुरानो संगठन : रामप्रकाश पुरी


  •   शुक्रबार, पुष ०२, २०७८ मा प्रकाशित
  • काठमाडौँ । प्रगतिशील लेखक सङ्घ, नेपालका केन्द्रीय सल्लाहकार रामप्रकाश पुरीले प्रलेस नै सबैभन्दा पुरानो प्रगतिशील रूपान्तरणको पक्षमा काम गर्ने सङ्गठन भएको बताउनुभएको छ ।

    Advertisement

    प्रलेसको एकाउन्नौँ परिसंवादमा विषयवस्तु प्रस्तुत गर्दै पुरीले भन्नुभयो– ‘श्यामप्रसादले स्थापना गर्नुभएको प्रगतिशील लेखक सङ्घ नै प्रगतिशील सांस्कृतिक रूपान्तरणको पक्षमा काम गर्ने सबैभन्दा पुरानो सङ्गठन हो ।’

    २०७८ पुस २ गते शुक्रबार प्रलेसको केन्द्रीय कार्यालय बागबजारबाट भौतिक उपस्थिति तथा भर्चुअल दुवै माध्यमबाट अघि बढेको सो कार्यक्रममा नेकपा (मसाल) का प्रवक्तासमेत रहनुभएका प्रगतिवादी साहित्यकार विषयवस्तु प्रस्तत गर्दै हुनुहुन्थ्यो ।

    ‘राल्फासहितका अरू साहित्यिक–सांस्कृतिक सङ्गठनहरू त पछि स्थापना भएका हुन्’ पुरीले भन्नुभयो– ‘प्रलेसले २००९ सालदेखि लगातार समाजको प्रगतिशील रूपान्तरणको पक्षमा काम गरिरहेको छ ।’

    उहाँले प्रलेस सामन्तवादी, साम्राज्यवादी साहित्य, कला र संस्कृतिको विरुद्धमा काम गर्ने साहित्यकारहरूको संयुक्त मोर्चा भएको बताउँदै यस्तो मोर्चाको आवश्यकता अहिले पनि यथावत नै रहेको बताउनुभयो ।

    ‘जुन साथीहरूले अहिले पनि सामन्तवाद र साम्राज्यवादको विरुद्धमा साहित्य, कला र संस्कृतिको क्षेत्रबाट मोर्चाबन्दी आवश्यक रहेको ठान्नुहुन्छ’ उहाँले भन्नुभयो– ‘तबसम्म प्रलेसको औचित्यता वा आवश्यकता रहिरहने छ ।’

    उहाँले भन्नुभयो– ‘आफू सामेल भए ठिक, आफू सामेल नभए बेठिक हुन्छ भन्ने ठान्नु कुण्ठा हो ।’

    उहाँले यस्तो कुण्ठा पालेर प्रलेस जस्तो संयुक्त मोर्चा सञ्चालन हुन नसक्ने बताउँदै यस्तो सोचाइले प्रलेसमा समस्या ल्याउने दाबी गर्नुभयो ।
    विषयवस्तु प्रस्तुत गर्ने क्रममा उहाँले भन्नुभयो– ‘विद्यमान संस्कृतिलाई यथास्थितिमा राख्न खोज्नु गलत हो तर त्यसको नाममा अर्को भड्काव ल्याउनु पनि गलत हो ।’

    प्रलेस जस्ता साहित्यिक, सांस्कृतिक सङ्गठनले कविता, गीत, निबन्ध, कथा जस्ता सामग्री रचना गर्नु खालि प्रचारात्मक तरिका भएको बताउँदै उहाँले सङ्गठन र सङ्घर्षको माध्यमबाट मात्र समाजको आमूल रूपान्तरण गर्न सकिने ठोकुवा पनि गर्नुभयो ।

    प्रलेसका उपाध्यक्ष गोपीरमण उपाध्यायको अध्यक्षता तथा महासचिव समीर सिंहको सञ्चालनमा अघि बढेको सो कार्यक्रममा फ्लोरबाट शशिराम कार्की, जगत् वाशिष्ट, हरिकृष्ण कडायत र आरसी न्यौपानेले पूरक टिप्पणी राख्नुभएको थियो ।

    कार्यक्रममा प्रलेसका सल्लाहकार प्राडा कपिल लामिछाने र रामविनय, उपममहासचिव आरसी न्यौपाने, सचिव प्रकाश थापामगर र प्रलेसका पूर्वकेन्द्रीय उपाध्यक्ष खेम थपलियाको पनि आतिथ्यता रहेको थियो ।

    शुक्रबार, पुष ०२, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    ‘अग्निस्पन्दन’ कवितासङ्ग्रहको शल्यक्रिया
    आदर्शको पहाड
    रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न
    वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने
    लघुकथा : प्रकृति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • २.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ३.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ४.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ५.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    • ६.
      राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

    • ७.
      निर्वाचन पराजयपछि मर्जमाथि दबाब

    • ८.
      अन्तरिक्षमा खेतीको प्रयोग तीव्र पार्दै चीन, १४ प्रजातिका वनस्पति उत्पादन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.