जनकराज पौडेल
Advertisement
राष्ट्रिय स्वाधीनता बन्धक राखी
स्वतन्त्र सार्वभौमसत्ता
साम्राज्यवादलाई सुम्पी
खबरदार
सत्तापिपासु साम्राज्यवादका दलालहरू
अनुदानको आवरणमा
देशलाई अमेरिकी रणमैदान बनाउन
एमसीसीरूपी विषालु प्याकेज
हामीलाई स्वीकार्य छैन
खारेज गर…
देशको ढुकुटी कंगाल पारी
प्राकृतिक स्रोतसाधन विदेशीलाई सुम्पी
विकासको बहानामा सिधा जनता झुक्याई
अमेरिकी साम्राज्यवाद भित्र्याउने
षड्यन्त्र बन्द गर
खबरदार दलालहरू
अमेरिकी सैनिक रणनिति
खारेज गर….
देशको विकास चाएको हौ भने
भ्रष्टाचार नियन्त्रण गर
राष्ट्रको सम्पत्ति
जनताको पसिना लुट्ने
भष्ट्रहरूलाई छानी छानी
जेलमा कोच
सत्ता स्वार्थमा
देशको अस्मिता लुट्ने
राष्टभक्ति इमान्दार जनता
झुक्याउने काम बन्द गर
राष्ट्रघाती एमसिसी सम्झौता
हामीलाई स्वीकार्य छैन
तत्काल खारेज गर !

