हरिप्रसाद सापकोटा, बारा ।
राष्ट्रिय जनमोर्चा, बाराले एमसीसी सम्झौता खारेजीको माग गर्दै विरोध सभा सम्पन्न गरेको छ । शनिबार जितपुर सिमरा उपमहानगरपालिका –१५ मा विरोध सभा भएको हो ।
१४ नम्बर वडाको रजघट्टा चोकदेखि नारा जुलुससहित १५ को हात्तिसार बजारमा पुगि विरोध सभामा परिणत भएको थियो ।
सभालाई राजमो प्रदेश २ का कोषाध्यक्ष शेरबाहादुर कार्की, सचिव बालकृष्ण आचार्य, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका नेता ओमकान्त पौडेल लगायतले सम्बोधन गर्नु भएको थियो ।
राजमो बारा जिल्ला अध्यक्ष जीवन कुमार भट्टराईको अध्यक्षता र अखिल नेपाल शिक्षक संघ राष्ट्रिय समितिका सदस्य हरिप्रसाद सापकोटाको सञ्चालनमा कार्यक्रम अगाडि बढेको थियो ।
कार्यक्रम कै सिलसिलामा देउसी भैलो २०७८ मा सक्रिय सहयोग गर्नुहुने, इसा खनाल, दिपा भट्ट, कृश्मा सापकोटा, ईना खनाल, नृपण क्षेत्री, मन्जु केसी, सन्ध्या भट्टराई, जमुना केसी र हरि पौडेललाई सम्मान तथा पुरस्कार वितरण गरिएको थियो ।