कपिलवस्तु । शिवराज नगरपालिकाको खरेद्रपुर र धनगढवामा अखिल नेपाल बाल संघको भेला सम्पन्न भएको छ । शनिबार खरेन्द्रपुरमा भएको बालबालिकाहरुको भेलाले २१ सदस्यीय समिति गठन गरेको हा ।
समितिको अध्यक्षमा तेजेन्द्र अदै, उपाध्यक्ष विहान अदै, सचिव जस्मिन पुन र कोषाध्यक्षमा बिनिता पौडेल चयन हुनु भएको छ ।
सदस्यहरूमा आयुष रोका, प्रिन्स कुँवर, सुशील घिमिरे, कशोक घर्ती, दिपेश भण्डारी, शिशिर भण्डारी, रणवीर पुन, मञ्जु अदै, मौसम सापकोटा, यामलाल सापकोटा, प्रकाश भुसाल, पुष्पा शाही रहनु भएको छ । त्यस्तै, सल्लाकारमा विवेक कडेल, सन्तोष सापकोटा, र रबिन अदै हुनुहुन्छ ।
भेलामा अखिल नेपाल बाल संघ नयाँवस्तीकी अध्यक्ष पुजा कुँवर, बाल संघ धनगढवाका अध्यक्ष अर्जुन विकले बधाई दिनु भएको थियो ।
विवेक कडेलको अध्यक्षतामा सम्पन्न भएको भेलाले देउसी भैलोको मूल्यांकन, आर्थिक भ्रमणको मूल्यांकन गरिएको थियो ।
त्यस्तै, शिवराज नगरपालिका– ३ धनगढवामा पनि शुक्रबार भेला सम्पन्न भएको छ । भेलाले अर्जुन विकको अध्यक्षतामा १७ सदस्यीय बाल संघ गठन भएको छ ।
समितिको उपाध्यक्षमा जालेन्द्र रोका, सचिव सुमिक्छ्या विक र कोषाध्यक्षमा भरत विक रहनुभएको छ । सदस्यहरू शुवाम विक, रबिन सुनार, विक्रम विक, बिविषा पुन, किशोर राणा, सुशील खनाल, राजकुमार रोका, समीक्षा विक ,रेसम विक, सुभास भण्डारी, विशाल घर्ती रहनु भएको छ भने सल्लाकारमा गगन विक, रुद्ध विक र सनम पुन हुनुहुन्छ ।
दुवै भेलामा अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक) का केन्द्रीय सदस्य केरसिंह अदैले बालबालिकाको भविष्य, अनुशासन र खेलकुदको महत्व लगायत विषयमा प्रशिक्षण दिनुभएको थियो । भेलालाई प्रकाश विकले शुभकामना दिनु भएको थियो ।
भेलाले विभिन्न कार्यक्रम समेत तय गरेको छ । जसअनुसार पुस १० गते कविता वाचन, माघमा खेलकुद प्रतियोगिताको तयारी गर्ने निर्णय गरेको छ ।