बागलुङ । राष्ट्रिय जनमोर्चा बागलुङले सञ्चालन गरेको विशेष संगठनात्मक अभियान उत्साहका साथ जारी छ ।
त्यसक्रममा बिहिबार जैमिनी नगरपालिका– ८ छिस्ती र बागलुङ नगरपालिका–१२ अमलाचौरमा प्रक्षिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
जुङमा भएको छिस्तिको वडा प्रशिक्षण भेलालाई राजमोका केन्द्रीय सदस्य तथा बागलुङ जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुङगानाले प्रक्षिण दिनुभएको थियो ।
त्यसक्रममा बोल्दै ढुंगानाले जनआन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै थप अधिकार प्राप्त गर्न संघर्ष गर्न तयार रहनुपर्ने बताउनुभयो । उहाँले कांग्रेस, एमाले र माओवादी जस्ता पार्टीले चुनाव जित्नको लागि मात्र भ्रमको राजनीति गर्ने हुँदा उनीहरुसँग सचेत हुँदै राष्ट्रिय जनमोर्चाको अभियानमा सहभागी हुन जनतालाई आग्रह गर्नुभयो । ढुंगानाले राजनीतिक स्थिरता भए मात्र अग्रगमनको दिशामा अगाडि बढ्न सकिने बताउनु भयो ।

राजमोका नगर अध्यक्ष डिलबहादुर श्रीसले स्थानीय राजनीति र संघर्षको बारेमा प्रशिक्षण दिनु भएको थियो । त्यसै गरि अखिल नेपाल जनजाती सम्मेलनका पूर्वकेन्द्रीय सल्लाहकार नरबहादुर पुनले प्रशिक्षण मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा राजमोका केन्द्रीय सदस्य दिलबहादुर दर्जी, जिल्ला सदस्य तथा जैमिनी नगर अध्यक्ष दिलबहादुर श्रीस, अखिल नेपाल युवक संघ गण्डकी प्रदेश सचिव संजाल शर्मा, अखिल नेपाल जनजाती सम्मेलन जिल्ला सदस्य होम पुन, अखिल नेपाल युवक संघका जैमिनी नगर अध्यक्ष यम पुन, राजमो जैमिनी नगर कोषाध्यक्ष शान्तकला शर्मा लगाएको आतिथ्यता रहेको थियो।

कार्यक्रम जैमिनी–८ का राजमो अध्यक्ष जीवन पुनको अध्यक्षतामा सुरु भएको कार्यक्रमको स्वागत राजमो छिस्तीका नेता रघुनाथ पौडेल गर्नु भएको थियो भने सञ्चालन शिव नेपाली गर्नु भएको थियो ।
यसैगरी आजै बागलुङ नगरपालिका–१२ अमलाचौरमा सम्पन्न कार्यक्रममा राजमोका राष्ट्रिय परिषद् सदस्य तिलक थापा, जिल्ला सचिव भिमलाल पोखरेल, अखिल नेपाल ट्रेड युनियन महासंघ अन्टुकका केन्द्रीय सदस्य बिष्णु अधिकारीले प्रशिक्षण मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा जातीय समता समाज बागलुङका जिल्ला सदस्य गोबिन्दलाल विक, अखिल नेपाल महिला संघका मुमा शर्मा लगायतको आतित्थ्यता रहेको थियो । कार्यक्रम वडा समितिका अध्यक्ष घनश्याम विकको अध्यक्षता, गोबिन्द प्रशाद पौडेलको सञ्चालन र जिल्ला सदस्य लोकनाथ शर्माको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो ।