दुर्गानाथ खरेल ##
कम्युनिस्ट पार्टी निश्चित उद्देश्य भएको श्रमजीवी मान्छेहरूको समूह हो । यो शोषित उत्पीडितको पार्टी हो । शोषक सामन्तहरू कम्युनिस्ट पार्टीमा लागेकै भए पनि विजातीय तत्त्वहरू हुन् । तिनीहरूबाट कम्युनिस्ट पार्टी बनाउनेमा भन्दा भत्काउनेमै योगदान बढी हुन्छ । मान्छे जुनसुकै भौतिक अवस्थाको भए पनि उसको विश्वदृष्टिकोणबाट कम्युनिस्ट पार्टीमा सदस्य बन्ने प्रक्रियाको सुरुवात हुन्छ ।
जुनसुकै पार्टी पनि राज्यसत्ता सञ्चालन गर्ने उद्देश्यसँग सम्बन्धित हुन्छन् । गरिब सर्वहारा वर्ग राज्यसत्ता सञ्चालनको केन्द्रमा हुनुपर्छ भन्ने उद्देश्य भएको व्यक्तिका लागि मात्र कम्युनिस्ट पार्टी उचित आवश्यक र सही छनोट हो । त्यसो गर्दा आम्दानी, खर्च र सरकारको राजस्वका कुरा स्वाभाविक रूपमा आउँछन् । उत्पादन र विनिमयका कुरा आउँछन् । त्यस्ता कुराहरूको स्मरण गर्दा कम्युनिस्ट पार्टी समाजमा आमूल परिवर्तनबाट स्थापित हुने श्रमजीवी वर्गको राज्यसत्ता स्थापना र सञ्चालन गर्ने स्पष्ट उद्देश्य भएको पार्टी हो । यो परम्परागत राज्यसत्तामा सम्झौता गरेर आफ्नो भागसहित शासनसत्तामा सहभागी हुने पार्टी होइन ।
राज्यसत्ताका चारओटा अङ्ग हुन्छन् । सबैभन्दा मुख्य अङ्ग सेना हो । त्यो हातहतियारले सुसज्जित हुन्छ । त्यो नै राज्यसत्ताको मुख्य अङ्ग हो । दोस्रो पुलिस हो । त्यो जनतामाझ लौराको भरमा र हतियारसमेतको भरमा काम गर्छ । तेस्रो अङ्ग कर्मचारी हो । उसले विभिन्न सरकारी अङ्ग र सङ्घसंस्थामा योग्यता, क्षमताको भरमा काम गर्छ भनिए पनि कागजपत्र मिलाउने, भ्रष्टाचार बढाउने र जनताभन्दा उच्चस्तरमा आफूलाई गणना गरेर काम गर्छ । माथिका तीनओटै शक्ति स्थिर शक्ति हुन् । तिनीहरूले राज्यसत्ता सञ्चालनको मुख्य हिस्सा ओगट्छन् ।
वास्तविकतामा तिनै स्थायी शक्तिले कामको नेतृत्व गरिरहँदा शोषण र अन्याय बढिरहन्छ । जनता निरीह हुन्छन् र ती शक्ति शक्तिशाली भइरहन्छन् । यो व्यवस्था त्यही कारणले अव्यवस्था हो । अराजकता बढी भइरहन्छ । त्यसैले कम्युनिस्ट पार्टीले त्यसलाई सच्याउन व्यवस्थित पार्टी बनाउन पहिलो ध्यान केन्द्रित गर्दछ ।
चौथो शक्ति पार्टी र उनीहरूको नेतागण नै हुन् । नेतागण चुनावमा विजयी भएर राज्यसत्ता र जनताको नेतृत्व गर्छन् भनिए पनि राज्यसत्तामा अल्पमतमा हुन्छन् । परम्परागत रूपमा स्थायी रहेका सेना, प्रहरी र कर्मचारीको बहुमतमा आफू अल्पमत भई काम गर्नुपर्छ र गरिरहेका हुन्छन् । जनताबाट पार्टी र नेता चुनाव लड्ने समयमा ती स्थायी भनिएका शक्ति पनि व्यक्तिगत रूपमा नै चुनावमा सहभागी भई भोट हाल्छन् । एउटा पक्षले विजय र अर्काे पक्षले पराजय बेहोर्छ तर स्थायी शक्तिलाई विजय–पराजयले खासै फरक पार्दैन । जितेको शक्तिलाई विजय–पराजयले खासै फरक पार्दैन । जितेको शक्तिलाई काममा लगाउँछन् । भन्दा जितेको शक्तिले शासन गरेको छ भन्छन् ।
वास्तविकतामा तिनै स्थायी शक्तिले कामको नेतृत्व गरिरहँदा शोषण र अन्याय बढिरहन्छ । जनता निरीह हुन्छन् र ती शक्ति शक्तिशाली भइरहन्छन् । यो व्यवस्था त्यही कारणले अव्यवस्था हो । अराजकता बढी भइरहन्छ । त्यसैले कम्युनिस्ट पार्टीले त्यसलाई सच्याउन व्यवस्थित पार्टी बनाउन पहिलो ध्यान केन्द्रित गर्दछ । आफ्ना सदस्यलाई दुईटै काम गर्न प्रेरित गर्दछ । पहिलो काम श्रम बेचेर आफ्ना व्यक्तिग आवश्यकता पूरा गर्ने र दोस्रो समय बचाएर थोरै वा धेरै पार्टीले दिएको जिम्मा पूरा गर्ने—यी दुईओटै काम गर्न नसक्ने व्यक्तिले कम्युनिस्ट पार्टीको सदस्यता कायम राख्न सक्दैन । छिटो अथवा ढिलो पलायन अवश्य हुन्छ र भइरहेको पनि त्यही छ ।
नाफा कमाउन काम गर्ने मान्छे बुर्जुवा हो र त्यो कम्युनिस्ट आदर्शको विरोधी हो । श्रम गर्ने र श्रमजीवीबिच विचार र सिद्धान्तको आधारमा एकता विस्तार गर्ने मान्छे मात्र कम्युनस्टि पार्टीको सदस्य हो ।
अरू व्यवस्था र पार्टीभन्दा कम्युनिस्ट पार्टी र उसको समाजवादी व्यवस्था मौलिक रूपमा नै भिन्न हुन्छ । सबैभन्दा महत्त्वपूर्ण भिन्नता अरू पार्टी र अरू व्यवस्थामा एउटा संस्था, नेतृत्व अथवा व्यक्तिले निर्णय गर्छ, अर्काे संस्था, नेतृत्व वा व्यक्तिले त्यो निर्णयको कार्यान्वयन गर्दछ तर समाजवादी व्यवस्था अथवा कम्युनिस्ट पार्टीमा निर्णय गर्ने संस्था, नेतृत्व वा व्यक्तिले नै कार्यान्वयन गर्नुपर्छ । त्यसैकारण वर्तमानमा चुनाव गर्ने तरिका र नेता बन्ने तरिका आधारभूत रूपमा नै गलत छ । चुनावबाट नै नेताको छनौट हुने हो । चुनाव लड्नुनपर्ने व्यक्ति अथवा संस्थाको निर्देशन पालन गर्नुपर्ने र पालन गर्ने हुनाले यो व्यवस्था गलत भन्नुपरेको हो । सेना, प्रहरी, कर्मचारी र नेता चारओटा पक्ष सबै चुनाव लडेर विजयी भएपछि मात्र कामको निर्देशन गर्न पाउनुपर्छ भन्ने हाम्रो मान्यता हो । त्यस्तो नहुँदा चुनाव लडेर विजयी हुने शक्ति अल्मतमा पर्छ र चुनाव लड्नुनपर्ने शक्तिले शासन गर्छ, गरिरहन्छ । त्यही कारणले समाजमा अराजकता बढ्दै जान्छ ।
जनवादी केन्द्रीयता र छलफलमा स्वतन्त्रता तथा काममा एकताको तरिका लागु गरेर खार्दै गर्दा कतिपय क्रान्तिकारी अवसरवादी भई पार्टी छाडेर जान्छन् । त्यसैले क्रान्तिकारी कार्यकर्ता उत्पादन गर्ने विश्वविद्यालय स्वयम् कम्युनिस्ट पार्टी नै हो । कम्युनिस्ट पार्टीका कहिल्यै नसुक्ने मूल भनेका जनता नै हुन् ।
दोस्रो भिन्नता पार्टी वर्गको प्रतिनिधि संसथ हो । पार्टीको सदस्य अनिवार्य रूपमा वर्गको प्रतिनिधि व्यक्ति हुनुपर्छ । समाजमा वर्ग छ । शोषक वर्ग र शोषित वर्ग परस्पर विरोधी वर्गका दुवै थरी व्यक्तिहरू समाजमा भएकाले पुँजीजीवी वर्ग र श्रमजीवी वर्गको सङ्गठन छुट्टाछुट्टै र परस्पर विरोधी वर्गका व्यक्तिहरू दुवैलाई एउटै सङ्गठनमा सकृय बनाउँदा विश्वदृष्टिकोण, अनुशासन, नैतिकता त्यसकारण पुँजीजीवीको र श्रमजीवीका परस्पर विरोधी हुने गरी सङ्गठनको स्वरूप र कामको क्षेत्रसमेत फरक फरक हुने गरी सङ्गठन बनाउनुपर्दछ ।
कम्युनिस्ट पार्टी वर्गीय दृष्टिकोणसहितको पार्टी भने पनि समाजबाट बनिबनाउ अवस्थाका मान्छेहरू कम्युनिस्ट पार्टीमा आउने भने होइन किनभने समाजमा जस्ता मान्छे छन्, तिनैमध्येबाट पार्टीमा आउने भएकाले पार्टीमा ल्याएर सचेत, सङ्गठित र अनुशासित पार्ने र वर्गदृष्टिकोणसहितको क्रान्तिकारी कार्यकर्ता बनाउने हो । त्यहाँ पनि परस्पर विरोधी विश्वदृष्टिकोण भएका मान्छेहरू हुन्छन् । जनवादी केन्द्रीयता र छलफलमा स्वतन्त्रता तथा काममा एकताको तरिका लागु गरेर खार्दै गर्दा कतिपय क्रान्तिकारी अवसरवादी भई पार्टी छाडेर जान्छन् । त्यसैले क्रान्तिकारी कार्यकर्ता उत्पादन गर्ने विश्वविद्यालय स्वयम् कम्युनिस्ट पार्टी नै हो । कम्युनिस्ट पार्टीका कहिल्यै नसुक्ने मूल भनेका जनता नै हुन् ।
जनताबिच काम गर्ने सिलसिलामा क्रान्तिकारी कार्यकर्ता र गैरक्रान्तिकारी अवसरवादी छुट्टिँदै जान्छन् । कित्ताकाँट हुँदै जान्छ र जनतासँग नङमासुको सम्बन्ध कम्युनिस्ट पार्टीले स्थापित गर्दै जान्छ ।
बहुमत जनताको साथ र सहयोग नभए वर्तमान व्यवस्था चल्न पनि सक्दैन र बहुमत जनतको साथ र सहयोगबिना नयाँ जनवादी र समाजवादी व्यवस्था पनि चल्ने तथा स्थापना हुने दुवै काम हुन सक्दैन । जनताको राजनैतिक चेतना उच्च बनाएर जनताको राज्यसत्ता आफै स्थापना र आफै सञ्चालन गर्ने स्तरसम्म पुर्याउने काम क्रान्तिकारी कम्युनिस्ट कार्यकर्ताको जिम्माअन्तर्गतको काम हो । त्यसका लागि भाषण, प्रशिक्षण, किताब÷पत्रिका वितरण, सांस्कृतिक कार्यक्रम प्रदर्शन आदि अनिवार्य सर्त हुन्छ । जनताको बिचमा काम गर्ने कार्यकर्ता नभएसम्म माथिका कुनै काम पनि पूरा हुन सक्दैनन् ।
कम्युनिस्ट पार्टीको आधारभूत सङ्गठनात्मक नियम जनवादी केन्द्रीयता हो । तल्लो समितिको व्यक्तिले जनवाद महसुस गर्न पाउनुपर्छ र पाएका हुन्छन् । माथिल्लो समितिले केन्द्रीयता लागु गर्न/गराउन सक्नुपर्छ । त्यो भनेको तल्लो समितिले भन्दा माथिल्लो समिमितले कठिन काम गर्नुपर्छ ।
कम्युनिस्ट पार्टीको आधारभूत सङ्गठनात्मक नियम जनवादी केन्द्रीयता हो । तल्लो समितिको व्यक्तिले जनवाद महसुस गर्न पाउनुपर्छ र पाएका हुन्छन् । माथिल्लो समितिले केन्द्रीयता लागु गर्न/गराउन सक्नुपर्छ । त्यो भनेको तल्लो समितिले भन्दा माथिल्लो समिमितले कठिन काम गर्नुपर्छ । तल्लो समितिको व्यक्तिलाई मैले जनवाद वा मेरो स्वतन्त्रताको उपभोग गरेको छु भनिरहेको र गरिरहेको अवस्थामा माथिल्लो समितिका निर्णयहरू कार्यान्वयन गरेको, गरिरहेको र गर्नैपर्ने भएको अवस्थामा पुर्याउनुपर्छ । त्यही कठिन काम गर्न असमर्थ हुन्छ र छाडेर अवसरको फाइदा उठाउने र जनताको पिछडिएको राजनैतिक चेतनास्तर उच्च बनाउने काम छाडेर त्यसैलाई उपयोग गरेर फाइदा उठाउने नेता बन्ने उद्देश्यसहित पार्टी त्यागेर अर्काे पार्टीमा सहभागी हुन जान्छन् । अरू बुर्जुवा पार्टीमा त्यस्तो हुन्न ।
नेता भएपछि गर्ने काम जनताले गर्ने कामभन्दा सजिलो र सुविधायुक्त बनाउँछन् । जनताले खाई नखाई दुखकष्ट सहेर कर तिर्छन् । विदेशीले जनताका लागि ऋण दिन्छन् तर नेता हुँ भनेर गिन्तिमा आएका अवसरवादीहरूले त्यही कर र ऋणको पैसामा सुखसुविधा, मोजमस्ती र आफ्ना उच्च वर्गीय सुविधामा रमाइरहेका हुन्छन् । उनीहरूका सन्तान, नातागोता कसैलाई अभावको जीवन झेल्नुपर्दैन । पार्टीका खातामा पैसा जम्मा भइरहन्छ । देश र जनताको नाममा ऋणको भार र करको भार बढिरहेको हुन्छ । कम्युनिस्ट पार्टी र गैरकम्युनिस्ट पार्टीमा भएको मुख्य फरक यही हो । जनताको भन्दा नेताको जीवनशैली सजिलो र उच्च प्रकारको हुने कारण पनि यही हो । गरिबका धनी नेता पनि त्यसैलाई भन्दछन् ।
कम्युनिस्ट पार्टी द्वन्दात्मक भौतिकवादी सिद्धान्तमाथि आधारित हुन्छ । रणनैतिक कार्यक्रम नयाँ जनवाद भए पनि तल्कालका लागि राजनैतिक परिस्थिति र देशको अवस्थालाई मूल्याङ्कन गरी कार्यनीति निश्चित गरिन्छ । तत्कालका लागि गर्न सकिने र गर्नपर्ने काम कार्यनीतिमा समेटेर राजनैतिक जिम्मा पूरा गरिन्छ । सिद्धान्त र राजनीति निश्चित गरेर तेश्रो पक्ष सङ्गठन निर्माण र परिचालन गरिन्छ । पार्टीले निश्चित गरेको सिद्धान्त र राजनीतिलाई आधार मानेर सङ्गठन परिचालन गरिन्छ ।
सङ्गठनमा उग्रवामपन्थी, दक्षिणपन्थी विचारका साथै मध्यपन्थी विचार राख्नेहरू पनि हुन्छन् । तिनीहरूसँग सङ्घर्ष गरेर नै क्रान्तिकारी पार्टी बनाउने र बचाउने हो । विधान, नियमावलीअनुसार पार्टी सञ्चालन गर्ने हो ।
सङ्गठनमा उग्रवामपन्थी, दक्षिणपन्थी विचारका साथै मध्यपन्थी विचार राख्नेहरू पनि हुन्छन् । तिनीहरूसँग सङ्घर्ष गरेर नै क्रान्तिकारी पार्टी बनाउने र बचाउने हो । विधान, नियमावलीअनुसार पार्टी सञ्चालन गर्ने हो । पार्टीमा धेरै जनता समेटिएका छन् अथवा थोरै जनता समेटिएका छन् भन्ने कम महत्त्वको विषय हो तर वर्गको र विधान, नियमावली पालन भएको छ अथवा छैन ? यसको अर्थ विचार र सिद्धान्तको हिसाबले सही नेतृत्व र त्यसको मातहतमा तल्ला कमिटी सञ्चालित छन् कि छैनन् भन्ने प्रमुख मान्यता हो ।
नीतिनिर्माणको तहमा थोरै व्यक्तिहरू हुन्छन् । महाधिवेशन सर्वोच्च अङ्ग हो । त्यहाँ विधिविधानअनुसारका प्रतिनिधि छनौट गरेर आआफ्नो स्वतन्त्र विचारअनुसार छलफल गरेर दस्तावेज पारित गरिन्छन् । ती बहुमत वा सर्वसम्मत ढङ्गले पारित दस्तावेजलाई लागु गर्ने केन्द्रीय समिति चयन गरिन्छ । अर्काे महाधिवेशन नहुँदासम्म त्यही केन्द्रीय समिति सर्वोच्च अङ्ग हुन्छ । महाधिवेशनले पारित गरेका दस्तावेजमा आधारित भएर केन्द्रीय समितिले आवश्यक छलफल, नीति निर्माण र कार्यान्वयन गर्ने काम गर्दछ । तल्ला सबै समितिहरू त्यही केन्द्रीय समितिको मातहतमा रहन्छन् । उनीहरू सबैले केन्द्रीय समितिको नीतिनिर्देशनअनुसार काम गर्ने पर्छ र गरिरहेको पनि हुन्छन् ।
कम्युनिस्ट पार्टीको सदस्य महान् व्यक्ति हो किनभने उसले वर्तमान समाजमा आमूल परिवर्तनको उद्देश्य लिएको हुन्छ । जहाँसम्म माथिललो र तल्लो समितिको कुरा छ, त्यो योग्यता, क्षमता र लगनशीलतामा भर पर्ने कुरा हो । माथिल्लो समितिमा भएको ठुलो मान्छे र तल्लो समितिमा भएको सानो मान्छे भन्ने कुरा सही होइन । जिम्मेवारी बहन गर्न सक्ने क्षमताअनुसार पार्टीले कहिले उपल्लो समितिमा र कहिले तल्लो समितिमा राख्न सक्छ र राख्ने पनि गर्दछ । जहाँसुकै भए पनि आफ्नो योग्यता, क्षमताको प्रयोग गरेर काम गर्ने हो । विजातीय तत्त्वको प्रवेश भएर उद्देश्यमा नै प्रतिकूल प्रभाव पर्ने भएको अवस्थामा पार्टीले शुद्धीकरण अभियान सञ्चालन गरेर हटाउने र पार्टीमा गलत तत्त्वको प्रवेशलाई रोक्ने पनि गर्दछ र गर्नैपर्ने पनि हुन्छ । व्यक्तिलाई कहाँ राखेर र के जिम्मा दिएर बढी जनताको बिचमा पार्टीलाई स्थापित गर्न सकिन्छ । त्यो पार्टीको अत्यावश्यक र महत्त्वपूर्ण पक्ष भएको हुनाले व्यक्तिलाई पार्टीको, वर्गको र सामूहिकताको पक्षमा सबैभन्दा बढी उपयोग गर्ने भन्ने पनि पार्टीको आफ्नो काम हो ।
व्यक्ति समूहको मातहतमा रहनुपर्छ र समूहले पनि योग्य व्यक्तिलाई आफूहरूसँग राख्नैपर्छ । यो द्वन्द्वात्मक पद्धतिमा नयाँले पुरानोलाई विश्वास गर्नु पनि सामान्य नियम नै हो ।
व्यक्ति समूहको मातहतमा रहनुपर्छ र समूहले पनि योग्य व्यक्तिलाई आफूहरूसँग राख्नैपर्छ । यो द्वन्द्वात्मक पद्धतिमा नयाँले पुरानोलाई विश्वास गर्नु पनि सामान्य नियम नै हो । समाजको राजनैतिक चेतना उच्च बनाउने भनिए पनि मात्रात्मक परिवर्तन नभएर गुणात्मक फड्कोको कति नजिक पुगको छ ? मापन हुन सक्दैन । राजनीतिको राष्ट्रिय/अन्तर्राष्ट्रिय स्थिति र घट्नाक्रम आदिको आन्तरिक र बाह्य परिस्थिति मापन गरेर समाजवादी क्रान्तिको समय पत्ता लगाउनैपर्छ । परस्पर विरोधी शक्ति र आन्दोलन आदिको स्थितिका आधारमा कार्यनीति बदल्ने र ठोस अवस्थाको ठोस विश्लेषण गर्न सक्ने क्षमता नै नेतृत्वको क्रान्तिकारितामा भर पर्दछ । लामो समयसम्मको आन्दोलन परिचालन गरेको अनुभव पनि नेतृत्वका लागि आवश्यक योग्यताको गुण हो ।