• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

विज्ञ भन्छन् : समावेशी शिक्षा नीतिगत रुपमा बलियो, व्यवहारमा लागू छैन


  •   शुक्रबार, मङि्सर १७, २०७८ मा प्रकाशित
  • काठमाडौं ।  अपांगता भएका बालबालिकाको दुखेसो : पढ्न चाहन्छु, स्कूल पुर्‍याउने मान्छे छैन ‘नीतिगत रुपमा बलियो छौं तर, समावेशी शिक्षा व्यवहारतः लागू छैन।’

    Advertisement

    अन्तर्राष्ट्रिय अपाङ्गता दिवस २०२१ को सन्दर्भ पारी राज्य पुनःसंरचना पश्चात समावेशी शिक्षाको अवस्था विषयक राष्ट्रिय संवाद कार्यक्रममा अधिकांश वक्ताहरुको एकमुष्ठ आवाज हो यो ।

    शिक्षा अधिकार अनुगमन समुह नेपालको अयोजनामा भएको उक्त कार्यक्रममा कागजमा सिमित रहेको नेपाली शिक्षा प्रणालीलाई कसरी व्यवहारिक र समावेशी बनाउने भन्ने विषयमा शिक्षा क्षेत्रका विज्ञहरुले आ–आफ्नो धारणा राखेका थिए । कार्यक्रममा अपाङ्गता भएका किरोरकिशोरी सहभागी सहित शिक्षाका क्षेत्रमा सरोकारवालाहरु सहभागी थिए ।

    कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ नेपालका पूर्वअध्यक्ष डा. विरेन्द्र पोखरेलले राज्य पुनःसंरचना पश्चात समावेशी शिक्षाको अवस्थाबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्रमा उहाँले नेपालको समावेशी शिक्षाबारे संविधान र कानूनी विषय र कार्यान्वयनबारे प्रस्तुती राख्नुभएको थियो ।

    प्रस्तुतीमाथि टिप्पणी गर्दै शिक्षाविद् डा. विद्यानाथ कोइरालाले शिक्षालाई व्यवहारिक समावेशी बनाउने विषय संबिधानमै अस्पष्ट भएका कारण समस्या भएको स्पष्ट पार्नुभयो ।

    उहाँले भन्नुभयो, ‘संविधान नै अस्पष्ट छ । संविधानको अनुसूचि आठ समात्ने कि नौ ? आठले स्थानीय तहलाई समात भन्छ नौले केन्द्रीय सरकार । यति मात्रै हैन हाम्रो कन्फ्युजन विशेष शिक्षा कि समावेशी शिक्षा अर्थात् विशेष शिक्षाभित्रको समावेशी शिक्षा भन्नेमा पनि छ ।’

    उहाँले यी सबै नीतिगत झमेलाकाबीच अपाङ्गता भएका बालबालिकाका अभिभावलाई निकै कठिन स्थिति भएको बताउँदै सरकारले यसबारे गम्भीर हुन जरुरी भएको बताउनुभयो ।

    कार्यक्रममा बोल्दै नेपाल शिक्षक महासंघका पूर्वअध्यक्ष बाबुराम थापाले अपाङ्गता भएका व्यक्तिहरुलाई अवसर दिएमा निकै अगाडि बढ्न सक्ने बताउनुभयो । कागजमा नेपाल कमजोर नभए पनि कार्यान्वयन निकै निराशाजनक भएको तबाउँदै शिक्षामा यति धेरै कमजोरी नहुनुपर्नेमा उनले जोड दिनुभयो ।

    उहाँले भन्नुभयो, ‘हामीसँगको डकुमेण्ट त्यति कमजोर छैन । समावेशी शिक्षाको कार्यान्वयनमा व्यवहारिक पाटाहरु निकै अप्ठेरो छन् । यसमा स्थानीय तहदेखि केन्द्र सरकार सबै लाग्नुपर्ने हुन्छ ।’

    कार्यपत्रमाथि टिप्पणी गर्दै समाबेशी शिक्षा मञ्च नेपालकी अध्यक्ष नुपुर भट्टाचार्यले पनि व्यवहारिक शिक्षाका लागि सबैले आ–आफ्नो तर्फबाट पहल गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

    कार्यक्रममा आफ्नो धारणा राख्दै संसदको शिक्षा स्वास्थ्य समितिकी सदस्य विद्या भट्टराइले शिक्षाको विषय राजनीतिक दलहरुको एजेण्डा नै नबन्दा समस्या भएको बताउनुभयो ।

    उहाँले भन्नुभयो, ‘राजनीतिक शिक्षाको विषय नै राजनीतिक दलहरुको एजेण्डा बनेको छैन । कसरी समावेशी त अपाङ्गमैत्री शिक्षा बन्न सक्छ ?’

    आपाङ्गमैत्री र समावेही शिक्षाका लागि स्थानीय तहलाई सबैले सघाउनुपर्ने धारणा राख्दै सांसद भट्टराईले संघीय सांसदहरुलाई पनि सरोकारवालाहरुले घच्घच्याउनुपर्ने बताउनुभयो ।

    ‘अब हामी सरोकारवाला मिलेर स्थानीय तहलाई जिम्मेवार बनाउनुपर्‍याे। स्थानीय तहले तथ्यांक संकलन र आवश्यकता के हो पत्ता लगाउनुपर्‍यो । प्रदेशले पाठ्याक्रम निर्माणमा ध्यान दिनुपर्‍यो । संघीय तहले स्पष्ट नीति बनाउनुपर्‍यो’ उहाँले भन्नुभयो, ‘शिक्षा, शिक्षाभित्रको समावेशिताको विषय सांसदहरुलाई नै थाहा छैन । तपाईहरुजस्ता व्यक्तिहरुले एक पटक शिक्षा समितिका सांसदहरुसँग यसरी संवाद गर्नुपर्‍यो ।’

    कार्यक्रममा बोल्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव डा. हरि लम्साले सरकारले गर्नुपर्ने कामहरु गरिरहेको बतोउँदै समावेशी शिक्षाको पूर्णता दिनका लायि सरकार प्रतिबद्ध भएको बताउनुभयो ।

    उहाँले भन्नुभयो, ‘सरकारले केही नगरेको होइन । कयौं कामहरु गरहेको छ र गरिरहेको छ । समावेशी शिक्षा प्रणालीलाई पूर्णता दिनका लागि सरकारले गर्नुपर्ने कामका लागि प्रतिबद्ध छौं ।’

    यस्तै राष्ट्रिय बालअधिकार परिषदका कार्यकारी निर्देशक मिलन धरेलले पनि परिषदले अपाङ्गता भएका बालबालिको पुनःस्थापना र उपचारका सन्दर्भमा काम गरिरहेको बताउनुभयो ।

    कार्यक्रममा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, बाल अधिकारकर्मी तथा मानव अधिकारकर्मी र शिक्षा अभियन्ताहरू सहभागी थिए ।

    सन् १९८१ मा ‘पूर्ण सहभागिता र समानता’ भन्ने नाराका साथ संयुक्त राष्ट्र संघबाट सुरु भएको राष्ट्रिय अपांगता दिवसको १० वर्षे कार्ययोजना पारित भएसँगै सन् १९९२ डिसेम्बर ३ देखि अन्र्राष्ट्रिय रुपमा अपाङ्गता दिवस मनाउन थालिएको हो । सन् १९९३ देखि नेपालले पनि यो दिवस मनाउन थालेको हो ।

    शुक्रबार, मङि्सर १७, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.