बागलुङ । राष्ट्रिय जनमोर्चा बरेङ गाउँपालिका वडा नं.२ हुग्दीसिरको थाप्ले– डाडाकटेरी टोलको प्रक्षिण भेला सम्पन्न भएको छ । राष्ट्रिय जनमोर्चा बागलुङका सचिवालय सदस्य तथा बरेङ गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्माको विशेष उपस्थितिमा सो भेला भएको हो।
भेलाले खुमराज शर्माको अध्यक्षतामा ५ सल्लाहकार सहित १५ सदस्यीय राष्ट्रिय जनमोर्चा थाप्ले– डाडाकटेरी टोल समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा तुल बहादुर राना, सचिव गोबिन्द थापा, सहसचिव जीवन राना, कोषाध्यक्ष तील कुमारी थापा, सदस्यहरुमा कर्ण बहादुर थापा, फतिक थापा, टेक बहादुर थापा, भुमा थापा, तुलचन थापा, रामु थापा, चीन बहादुर थापा, कमल थापा, रमेश थापा र नर बहादुर थापा रहनु भएको छ । समितिको सल्लाहकारमा दुर्ग बहादुर थापा, लील बहादुर थापा, धन बहादुर क्षेत्री, डिल बहादुर थापा र ठग बहादुर थापा रहनु भएको छ ।
भेलामा अखिल नेपाल खेलकुद महासंघका प्रेम थापा, अखिल नेपाल युवक संघ बरेङका अध्यक्ष दुर्गा बहादुर थापा, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका धन बहादुर केसीले मन्तव्य राख्नु भएको थियोे ।
यसैगरी, राष्ट्रिय जनमोर्चा काठेखोला गाउँपालिका वडा नं,४ तंग्रामको ठुटेलाकुरी–नम्मु टोल समितिको प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा राष्ट्रिय जनमोर्चाका राष्ट्रिय परिषद् सदस्य तिलक थापा र राष्ट्रिय जनमोर्चा तंग्रामका अध्यक्ष बिष्णु कडेलले प्रशिक्षण दिनु भएको थियोे ।