काठमाडौं । नेपाली कांग्रेसको वडा अधिवेशनका क्रममा सर्लाहीमा फेरि गोली चलेको छ । सर्लाहीको निर्वाचन क्षेत्र नम्बर ४ बलरा नगरपालिका–८ मा सोमबार पुनः गोली चलेको हो ।
Advertisement
अधिवेशनका क्रममा झडप भएपछि निर्वाचन अधिकृतसहित केही प्रहरी र कांग्रेस कार्यकर्ता घाइते भएका छन् । झडप भएपछि भीड तितरबितर पार्न प्रहरीले अश्रु ग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी माधव बुढाथोकीले जानकारी दिनुभयो ।
सो क्षेत्रमा प्रतिनिधिसभा सदस्य तथा कांग्रेस नेता अमरेश कुमार सिंह र प्रदेश सांसद एवं प्रदेश २ का महिला तथा बालबालिका मन्त्री वीरेन्द्र सिंहबीच विवाद छ। विवादकै कारण आइतबार पनि मन्त्री सिंहका अंगरक्षकले हवाई फायर गरेका थिए ।
विवादका क्रममा आइतबार मन्त्री सिंहका अंगरक्षक प्रहरी हवल्दार रामचन्द्र खङ्ग र सहयोगी रामचन्द्र महतो घाइते भएका थिए ।