• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

निर्वाचन पराजयपछि मर्जमाथि दबाब

अन्तरिक्षमा खेतीको प्रयोग तीव्र पार्दै चीन, १४ प्रजातिका वनस्पति उत्पादन

इटालीका विद्यालयमा बुर्का, नकाब प्रतिबन्धको तयारी

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. सर्वदलीय बैठक जारी

  • ९. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

महाकवि


  •   आइतबार, मङि्सर १२, २०७८ मा प्रकाशित
  • डा. गोविन्दप्रसाद आचार्य ##
    कलाको सागर उर्लेर आयो धर्तीलार्ई भिजायो ।
    उद्देश्य उर्ली आकाशमाथि चन्द्रमा भिजायो ।।
    मूर्छाको मानव कलाको तातो हृदय ब्युँझायो ।
    चिडिया पनि चेतना गायो बिहानी बोलायो ।।

    Advertisement

    कल्पनाभित्र सत्यले बोल्छ बनेको बिग्रेको ।
    मानिस थियो शून्यमा थियो हृदय निख्रेको ।।
    संसार बोल्दा नबोली बस्यो नेपाली जातिले ।
    कुल्चेर हिँड्दा सहेर बस्यो नेपाली छातीले ।।

    त्यै पीडा गाउँदै देखेर लेख्यो त्यो महाकविले ।
    चेतना रोपी उकेरा लाईो त्यो महाकविले ।।
    संसारको मर्म क्या छिटो देख्ने रविका लोचन ।
    गाइनेको भाका गाएर भन्थ्यो कायर नबन ।।

    त्यो जहाँ छुन्थ्यो मानिस चिसो जाडोले खाएको ।
    मान्छेको जीवन बिउँझिन्छ भन्दै पिरती लाएको ।।
    असह्य पीडा सुस्तरी छोयो चेतना तातोले ।
    मानिस थियो थिएन मन खाएको सातोले ।।

    डरलाग्दो सातो सत्ताको थियो दमनले खाएको ।
    दमनको कुहिरो लागेर संसार घामले हारेको ।।
    घामले हार्यो मानिसलाई ठहरै मारेको ।
    कविता रस पिलाईकन जगाई हिँडेको ।।

    भत्केको देश देखेर लेख्यो भत्केका कविता ।
    भत्केका छैनन् जीवन छ त्यहाँ सृजना सविता ।।
    सभ्यता चिसो परेका सत्ता युगले सहन्न ।
    घामका सामु शीतको सत्ता त्यो सुक्छ रहन्न ।।

    संसार हेर्छन् मन्द छ मान्छे बन्द छ दिमाग ।
    त्यो बोल्नुपर्छ त्यो खुल्नुपर्छ जाग हे नभाग ।।
    नछोड धर्ती नतोड माया मानिस बिउँझिन्छ ।
    सृजनाभन्दा संसारमा राम्रो भन खै के हुन्छ ।।

    महाकविले मानिस भेट्यो आँशुको रहमा ।
    चिसो छ किन ढुक्ढुकी चल्छ मानवको छातीमा ।।
    मानिसभित्र जङ्गली रूप नहुनुपर्ने हो ।
    मान्छेको छाती टेक्नुमा मजा नमान्नुपर्ने हो ।।

    प्राचीन चिह्न त्यो बाटो हिँड्यो त्यहीँ छ अन्धकार ।
    ढुङ्गा फोर्नेका कविता लेख्यो क्या छ है व्यभिचार ।।
    प्राचीन हेर्यो आशाका जुन टिप्नलार्ई सकेन ।
    चिच्याउन थाल्यो विद्रोह बोल्यो नडाकी भएन ।।

    विद्रोह घोल्यो सुस्तरी बोल्यो ती रात चिर्नलार्ई ।
    त्यो चिसो मानव ब्युँझाउनु थियो सुस्केरा मेट्नलार्ई ।।
    सुतेको मानव ब्युँझाउनु थियो सुतेर भएन ।
    हुर्केको थियो तापेर घाम उठेको थिएन ।।

    संसार जान्यो र रस तान्यो पिएर सकिन्न ।
    कायर भन्छन् ओइलिन्छ जीवन स्वीकार हुँदैन ।।
    छायाको मान्छे मायामा आऊ चिसोमा नबस ।
    हारेर हैन जितेर बाँच खरानी नघस ।।

    महाकविले प्राचीन सुन्दर कलामा देखेका ।
    हिजोको आभा आजको भाव मिसाउन खोजेका ।।
    प्राचीन चिनो त्यो उच्च कला आजलार्ई दिएका ।
    त्यो कलाभित्र मानवको पीडा गरिबी गाएका ।।

    संसारमा घाम विद्रोह लाउँछ रहन्न अन्धकार ।
    अन्धकारभित्र बौरेर बाँच्यो संसारमा व्यभिचार ।।
    गरिब मान्छे मानिस हैन भनेर छरियो ।
    भाग्यको भूतले लुटेको कर्म भनेर ठगियो ।।

    मानिस दुईटा हुँदैन यहाँ धूर्तले बनाए ।
    महाकविका कविता आगो विद्रोह जगाए ।।
    संसारका कुनाकन्दरा पढ्दै अक्षरमा ब्युँझाए ।
    अक्षर नास हुँदैन चेत कविता सिर्जाए ।।

    कविता चेत सविता ल्याउँछ सभ्यता बौरिन्छ ।
    सुतेको मानव जुरुक्क उठ्छ व्यभिचार निख्रिन्छ ।।
    महाकविका कविता ताजा बमको तागत छ ।
    विद्रोह भन्छ धनीको धनमा गरिबको रगत छ ।।

    संसारको ज्योति विद्रोेह कैलै हुँदैन पुरानो ।
    विद्रोह यदि पुरानो भए संसारै बिरानो ।।
    मानिस कहाँ सक्छ र बस्न मान्छेको शोषणमा ।
    त्यो आगो बन्छ सल्केर जागी जाई लाग्छ निखारमा ।।

    महाकविले झारपात लेख्यो कविता ठगेर ।
    दिमागबाट संसार हेर्ने चेतना निख्रेर ।।
    पागल भन्थे पागलहरू डाहले जलेका ।
    निन्दाको चर्को झटारो हान्थे तागत मरेका ।।

    सुस्केरा हाली आगोको ज्वाला अन्याय खरानी ।
    खरानी नास आसाको जीवन संसार जवानी ।।
    पागल भन्ने पग्लेर गए माटोमा देखिन्न ।
    महाकविका कविता लाली मेटेर मेटिन्न ।।

    सृजना बाढी अन्याय झाडी सर्प बास नराख ।
    डसेका सत्ता रगतका सम्राट विषका साँप नराख ।।
    महाकविले विद्रोह बोले कविता लालीमा ।
    नझरी जाने नओइली जाने सृजना डालीमा ।।

    चेतना हाल साँपलार्ई फाल रगतमा पल्केका ।
    देशको हत्या गरेका धूर्त लुटेरा पल्केका ।।
    मानवभित्र सृजना चेत मागेको कला धुन ।
    आनन्द सुन विद्रोह ताजा त्यहीँ छ तागत धुन ।।

    मानिस जाग विद्रोह बाजा बजेको सुनेर ।
    कविले गाए घाँसीका गीत मर्मलाई बुझेर ।।
    पग्लेका पागल जमेर अग्ला जाग हे जमाना ।
    यो हैन रहर युगको ठहर उल्ट्याउने चाहना ।।

    धर्तीको क्रन्दन गाउँदै कवि कविता लयमा ।
    सुन्दर संसार भयमा गयो छ पिर चिन्तामा ।।
    सत्यको कवि पागल बन्छ ठगको दर्शनमा ।
    ठगको दर्शन अँधेरो छरी रमाउने चाहना ।।

    बिलासको नसा ठगले पिए सत्यलाई पागल ।
    सत्यको कवि कविता रसमा जीवन निहाल ।।
    सत्यको कवि मान्छेको बेहाल हेरेर बस्दैन ।
    पागल भन्ने पग्लेर गए सत्यले हारेन ।।

    कविको कलम पीडाका मलम मानवता गाएको ।
    मानवता गाउँदै विद्रोह रसमा रचना भरेको ।।
    महाकविको क्या मिठो कला सत्यमा मुछेको ।
    मानिस हेर्ने रहर उसको पसिना पुछेको ।।

    झुसिलकिरा झुसले टम्म झुसमै बिलाउने ।
    पग्लेका पागल समान हुन्छन् झुस भई बिझाउने ।।
    खिर्राका दाउरा विषालु धुवाँ संसारै विषको ।
    पग्लेका पागल देशका विष दर्शन विषको ।।

    महाकविले उल्टो संसार सुल्ट्याउन लेखेका ।
    सत्ताको रगत रसमा जुका पौडेको देखेका ।।
    कविता सुन्दर कोमल कला फुलेका कानुन ।
    महाकविका भावना उच्च युगका मुहान ।।

    त्यहीँ छ खेत त्यहीँ छ बारी सृजना फलेको ।
    पागल भन्ने पग्लेकाहरू देखेर जलेको ।।
    महाकविको तागत तोड्ने कसको छ तागत ।
    पागल किर्नो पोटिलो मोटो खाएर रगत ।।

    महाकविले कविताभित्र संसार उठायो ।
    नबर्सा चर्को खडेरी छैन सृजना जगायो ।।
    अधिनबाट मुक्तिको चेत मारेर मर्दैन ।
    चन्द्रमा ताक्ने सृजना शक्ति ओइलाई झर्दैन ।।

    क्या कष्ट थियो उखेली दियो बोलेर गलायो ।
    कवितालाई तरबार दियो वीरले समायो ।।
    कलमको चुच्चो तरबारको धार आँखाको तिलमिल ।
    कलम जागे लाग्दैन केही हुँदैन विफल ।।

    पसिना लुट्न मानिस रुखो हृदय मरेको ।
    वीरले संसार जितेको हुन्छ कहाँ छ हारेको ।।
    लक्ष्यको मूल सुकेको मान्छे कामको हुँदैन ।
    तनको रगत खाई बाँच्ने किर्नो प्रियको हुँदैन ।।

    महाकविले जीवन गाए आशा धुन ब्युँझाए ।
    नताप जाडो ताप है घाम सृजना उदाए ।।
    महाकविले जीवनका ज्योति कविता बालेथे ।
    सुस्केराभित्र चम्किलो जीवन सृजना हालेथे ।।

    आइतबार, मङि्सर १२, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    ‘अग्निस्पन्दन’ कवितासङ्ग्रहको शल्यक्रिया
    आदर्शको पहाड
    रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न
    वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने
    लघुकथा : प्रकृति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • २.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ३.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ४.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ५.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    • ६.
      राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

    • ७.
      निर्वाचन पराजयपछि मर्जमाथि दबाब

    • ८.
      अन्तरिक्षमा खेतीको प्रयोग तीव्र पार्दै चीन, १४ प्रजातिका वनस्पति उत्पादन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.