काठमाडौं । विराटनगरको गोल्डेन अस्पतालबाट हामफालेर शुक्रबार एक बिरामीले आत्महत्या गरेका छन् ।
Advertisement
छारे रोगको उपचार गराइरहेका धनपालथान गाउँपालिका– १ का ३५ वर्षीय शिवकुमार मण्डलले अस्पतालको तीन तलामाथिबाट हामफालेर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
मंसिर ४ गते अस्पताल भर्ना भएका उनलाई हात बाँधेर अस्पतालमा उपचार गराइराखिएको थियो । तर शुक्रबार बिहान मण्डलकी सासुले हात खोलिदिएपछि हामफालेको प्रहरीको भनाई छ ।
शुक्रबार बिहान करिब ६ बजे हामफालेका उनको उपचारका क्रममा बिहान करिब ११ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । मण्डल मानसिक रोगी भएकै कारण अस्पतालबाट हामफालेको पाइएको प्रहरीको अनुमान छ ।