• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

नेपाल-ईयू संयुक्त आयोगको बैठक : जलवायु अनुकूलन कार्यका लागि ३२ अर्ब सहयोगको घोषणा


  •   बिहिबार, मङि्सर ०९, २०७८ मा प्रकाशित
  • शरच्चन्द्र भण्डारी, काठमाडौं ।
    नेपालमा जलवायु अनुकूलन कार्य सञ्चालन तथा त्यसको प्रभाव नियन्त्रणमा सघाउन रु ३१ अर्ब ९२ करोड सहयोग उपलब्ध गराउने घोषणाका साथ नेपाल–युरोपेली संघ संयुक्त आयोगको १३औँ बैठक सम्पन्न भएको छ ।

    Advertisement

    बुधबार यहाँ सम्पन्न संयुक्त आयोगको बैठकमा हरित पुनरुत्थान कार्यक्रमअन्तर्गत युरोप समूह प्रयास (टिम युरोप इनिसिएटभ) मार्फत फिनल्यान्ड, फ्रान्स र जर्मनीले उक्त रकम उपलब्ध गराउने घोषणा गरेका हुन् । यद्यपि उक्त सहयोगको विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन ।

    हालै स्कटल्याण्डको ग्लास्गोमा सम्पन्न जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलनमा नेपालले व्यक्त गरेका प्रतिबद्धता पूरा गर्ने दिशामा मद्दत गर्न तथा नेपाललाई सन् २०४५ सम्ममा शून्य कार्बनको स्थितिमा पुर्‍याउने महत्वाकांक्षी दीर्घकालीन रणनीति कार्यान्वयनमा उक्त रकम उपयोग हुने बैठकमा सहभागी वन तथा वातावरण मन्त्रालयका एक अधिकारीले राससलाई बताए ।

    नेपालले आफ्ना हवाई सेवा प्रदायक कम्पनीमाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्न युरोपेली सङ्घलाई गरेको अनुरोधको प्रत्युत्तरमा उसले नेपाल नागरिक उड्डयन प्राधिकरणले गरेको सकारात्मक विकास र प्रयासको सराहना गर्दै आवश्यक कानुन बनेपछि त्यस दिशामा सकारात्मक कदम चालिने आश्वासन दिएको छ । संघले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई सेवा प्रदायक र नियमनकारी दुई बेग्लै निकाय बनाउनुपर्नेमा जोड दिँदै आएको छ । बैठकमा नेपालले हवाई सुरक्षा सुधारका लागि भएका प्रयास तथा प्रस्तावित नयाँ उड्डयन कानूनबारे जानकारी दिएको थियो ।

    नेपाल नागरिक उड्डयन प्राधिकरणलाई सेवा प्रदायक र नियमनकारी दुई बेग्लै निकायका रुपमा स्थापित गर्न सरकारले विधेयक संसद्मा प्रस्तुत गरेको लामो समय भइसकेको छ । हवाई सुरक्षा सुधारका निम्ति संघबाट प्राप्त सहयोगप्रति आभार प्रकट गर्दै नेपालले महामारीपछिको आर्थिक पुनरुत्थानमा टेवा पुर्‍याउने पर्यटन क्षेत्रलाई पुनर्जीवन दिन उडान प्रतिबन्ध हट्नुपर्नेमा विशेष जोड दिएको ती अधिकारीले बताए ।

    नेपालले दिगो पर्यटन, स्वच्छ ऊर्जा, दिगो वन व्यवस्थापन, जलवायु(उत्थानशील कृषि, जैविक विविधता संरक्षण, पर्यावरणमैत्री यातायात, दिगो शहरीकरण तथा देशको आर्थिक पुनरुत्थानलाई योगदान गर्ने जलवायु मैत्री विकास पहल प्रस्तुत गरेको र त्यसमा सघाउने प्रतिबद्धता सङ्घले व्यक्त गरेको बुधबार राति जारी गरिएको संयुक्त प्रेस विज्ञप्तिमा जनाइएको छ ।

    नेपाल सरकारको जलवायु मैत्री विकास प्रयासबाट सीप तालिम र शिक्षाको माध्यमबाट महिला र पिछडिएका समुदायहरूलाई सशक्तीकरण गर्न सामाजिक समावेशीकरणमा पनि ध्यान दिइने वास्तविकता सुृस्पष्ट रुपमा नेपालीपक्षले बैठकमा प्रस्तुत गरेको थियो ।

    सन् २०२१ देखि २०२७ सम्मको बहुवर्षीय वित्तीय ढाँचामा सङ्घले गर्ने विकास सहायतालाई यथाशीघ्र अन्तिम रूप दिने तथा समावेशी, हरित वृद्धि, मानव पूँजी विकास र सुशासन प्रवद्र्धनमा सङ्घले विशेष जोड दिँदै सन् २०२६ सम्ममा नेपाललाई अल्पविकसित देशबाट मध्यम आययुक्त मुलुकमा रुपान्तरण गर्ने नेपालको योजनको स्वागत गरेको छ । साथै उसले नेपालको हरित, लचिलो समावेशी विकासप्रति प्रतिबद्धता व्यक्त गर्दै नेपालको विकासका आकाङ्क्षाहरू पूरा गर्न सबै सम्भव सहयोग गर्न तयार बताएको छ ।

    अल्पविकसित राष्ट्रबाट स्तरोन्नत भइ मध्यम आययुक्त मुलुकमा रुपान्तरण हुने

    नेपालको राष्ट्रिय अभिलाषालाई दृष्टिगत गरी त्यससम्बन्धी प्रक्रियामा सक्दो सहयोग गर्ने प्रतिबद्धता सङ्घले दोहोर्‍याएको छ । संयुक्त आयोगले नेपालमा युरोपेली लगानी बैंकको ऋण प्रवाह एवं अन्य सहयोगको स्वागत गर्दै आगामी वर्षहरूमा जलवायु परिवर्तन अनुकूलन र न्यूनीकरणका साथै सुधारिएको सम्पर्क सञ्जाल र नवीकरणीय ऊर्जामा केन्द्रित हुनुपर्नेमा सङ्घले जोड दिएको छ ।

    न्यून र मध्यम आय भएका देशका लागि कोभिड महामारीपछिका पुनरुत्थान गतिविधिमा भरथेग गर्न समूह २० अर्थात् जी ट्वेन्टी को वित्तीय सहयोग संयन्त्रको विस्तार हुनुपर्नेमा दुवै पक्षले सहमति जनउँदै महामारीका कारण लाभग्राही देशहरूमा जारी वित्तीय समस्यालाई दृष्टिगत गरी उक्त संयन्त्रमार्फत सहयोग परिचालन द्रुत गतिमा कार्यान्वयन गर्ने विषयलाई प्राथमिकताका साथ अघि बढाउन आह्वान गरेका छन् ।

    दुवै पक्षले प्रभावकारी बहुपक्षीय सहयोग, विश्व स्वास्थ्य सङ्गठनलाई सुदृढ पार्ने र भविष्यका महामारीसँग जुध्न विश्वव्यापी क्षमतालाई बलियो बनाउनेमा जोड दिँदै खोपहरू सार्वजनिक उपभोगका वस्तु भएकाले तिनमा समान पहुँच सुनिश्चित गर्न आवश्यक भएकामा मतैक्यता प्रकट गरेका छन् ।

    युरोपेली सङ्घ र नेपालबीच दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) मा क्षेत्रीय सहयोगको महत्वबारे दुवै पक्षबीच विचार आदानप्रदान भएको थियो भने नेपाल र सङ्घले जलवायु परिवर्तन, मानवअधिकार, बहुपक्षीयता र सम्पर्क सञ्जाल विस्तारजस्ता विश्वव्यापी र क्षेत्रीय मुद्दाहरूमा सहयोग एवम् सहकार्यलाई थप सुदृढ गर्ने सहमति भएको छ ।

    बैठकमा दुवै पक्षले लोकतान्त्रिक मूल्यमान्यता, विधिको शासन, सुशासन र मौलिक स्वतन्त्रताका साथै मानवअधिकारको प्रवद्र्धन र संरक्षणका लागि आफ्नो प्रतिबद्धता दोहोर्‍याएका थिए । गत वर्ष संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्मा नेपालको पुनःनिर्वाचन प्रक्रियामा सङ्घले सहयोग गरेकामा नेपालले उसलाई धन्यवाद दिएको थियोभने यो वर्षको सुरुमा आफ्नो विश्वव्यापी आवधिक समीक्षालाई सफलतापूर्वक सम्पन्न गरेकामा सङ्घले नेपालप्रति हार्दिक बधाई ज्ञापन गरेको थियो ।

    आवधिक समीक्षाका क्रममा प्राप्त भएका उल्लेखनीय सङ्ख्याका सिफारिस स्वीकार गरेकामा नेपालको प्रशंसा भएको थियो । दुवै पक्षले मानवअधिकारको प्रवद्र्धन र संरक्षणका लागि नियमित वार्ता गर्न सहमति पनि जनाएका छन् । बैठकमा संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभामा परराष्ट्रमन्त्री डा नारायण खड्काले व्यक्त गरेको सङ्क्रमणकालीन न्यायप्रतिको प्रतिबद्धतालाई सङ्घले स्वागत गरेको थियो ।

    नेपाल र सङ्घले प्रभावकारी बहुपक्षीयता र नियममा आधारित विश्व व्यवस्थालाई समर्थन गर्दै संयुक्त राष्ट्रसङ्घ, विश्व व्यापार सङ्गठन र अन्य अन्तर्राष्ट्रिय मञ्चहरूमा मिलेर काम गर्ने आफ्नो प्रतिबद्धता दोहोर्‍याए छन् भने उनीहरूले हालै ग्लासगोमा सम्पन्न जलवायु सम्मेलनका सिफारिसलाई इमान्दारीपूर्वक कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । जलवायु परिवर्तनका प्रतिकूल प्रभावविरुद्ध लड्न कम स्रोतसाधन भएका देशहरूलाई सहयोग गर्ने आर्थिक प्रतिबद्धता पूरा गर्ने र जलवायु कार्यका लागि बलियो कदम चाल्ने विषयमा पनि दुवै पक्षबीच सहमति भएको छ ।

    सङ्घले नेपालको सामाजिक–राजनीतिक रूपान्तरणमा हासिल गरेका उपलब्धिहरुको प्रशंसा गर्दै प्रजातन्त्र र सुशासनको सुदृढीकरणका लागि नागरिक समाज र सञ्चारमाध्यमको महत्वपूणर् भूमिकामा जोड दिएको थियो भने उसले नेपाललाई राजनीतिक जीवन र नेपालको निणर्य प्रक्रियामा महिलाको सहभागिता बढाउन प्रोत्साहन गरेको थियो ।

    बैठकमा कोभिड–१९ महामारी र महामारीपछिको पुनःप्राप्तिमा सहयोग, यो वर्षको ग्रीष्म ऋतुमा महामारीको विनाशकारी दोस्रो लहरसँग सङ्घर्ष गरिरहेको बेला जीवन बचाउने चिकित्सा सामग्री र उपकरणहरूको लागि तत्काल सहयोग पुर्‍याएकामा नेपालले युरोपेली सङ्घप्रति कृतज्ञता व्यक्त गरेको थियो भने कोभ्याक्स सुविधाको लागि सङ्घको महत्वपूणर् योगदानका लागि कृतज्ञता व्यक्त गरेको थियो ।

    बैठकमा नेपालले आगामी चैतसम्ममा योग्य सबै नागरिकलाई कोरोनाविरुद्ध खोप लगाउने योजनाबारे बताउँदै कोभिड(१९ लाई नियन्त्रण गर्न सरकारले गरिरहेको प्रयासबारे जानकारी पनि गराएको थियो । नेपालले भूकम्पपछिको लचिलो पुनर्निर्माण र पुनःस्थापनामा सङ्घको उदार सहयोगलाई स्वीकार गर्दै विपद् जोखिम न्यूनीकरण र हरित विकासमा गरेको साझेदारीप्रति आभार व्यक्त गरेको थियो ।

    त्यसैगरी जनता(जनताबीचको सम्पर्क, सङ्घ र नेपालबीच उच्च शिक्षामा जारी सहकार्यबारे बैठकमा छलफल हुनाका साथै साझेदारीका थप क्षेत्र पहिल्याउनेमा पनि जोड दिइएको थियो । इरास्मस मुन्डस संयुक्त स्नातकोत्तर कार्यक्रम प्रारम्भ भएयता ८०० नेपाली विद्यार्थीले युरोपेली विश्वविद्यालयहरूमा अध्ययन गर्ने अवसर पाएका छन् । उक्त कार्यक्रमबाट लाभ लिने मुलुकमा नेपाल विश्वका शीर्ष २० देशमा परेको छ ।

    बैठकको सहअध्यक्षता परराष्ट्र सचिव भरतराज पौड्याल र युरोपेली बाह्य मामिला सेवाका एसिया तथा प्रशान्त क्षेत्रका लागि नायब निर्देशक पाओला पाम्पालोनीले गर्नुभएको थियो । संयुक्त आयोगको १४ औँ बैठक आगामी वर्ष ब्रसेल्समा हुनेछ ।

    सन् १९९६ मा स्थापना भएको नेपाल(सङ्घ संयुक्त आयोग नेपाल र युरोपेली सङ्घबीचको साझेदारीलाई अझ प्रगाढ बनाउन तथा आपसी सहयोगलाई गति प्रदान गर्ने उपयुक्त मञ्च साबित मात्र भएको छैन सङ्घमा आबद्ध २७ देशसँग पारस्परिक सहकार्य र साझेदारीलाई थप सुदृढ तुल्याउने प्रभावकारी माध्यम बनेको छ । (रासस)

    बिहिबार, मङि्सर ०९, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.