दैलेख । दैलेख जिल्लाको भगवति गाउँपालिका अन्तर्गत बाहुन गाउँमा अखिल नेपाल बाल संगठन गठन भएको छ ।
Advertisement
मंगलबार राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य गिरीप्रसाद बुढाको उपस्थितिमा भेला गरी बालबालिकालाई संगठित भएका हुन् ।
भेलाले श्रवण दाहालको अध्यक्षतामा ११ सदस्यीय अखिल नेपाल बाल संगठन बाहुन गाउँ टोल समिति गठन गरेको छ ।
समितिको उपाध्यक्षमा अर्जुन केसी, सचिव प्रकाश शर्मा, सहसचिव नविन शर्मा र कोषाध्यक्षमा कर्ण रावत चयन हुनुभएको छ ।
यस्तै, पुजा शर्मा, पदम दाहाल, रामबहादुर केसी, कृष्ण रावत, ललिता रावत, दिपेन्द्र दाहाल सदस्य चयन हुनुभएको छ ।