टेकराज भुसाल, अर्घाखाँची ।
राष्ट्रिय जनमोर्चा भूमिकास्थान १ का जेष्ठ महिला सदस्य तथा अखिल नेपाल महिला संघ भूमिकास्थान १ का सल्लाहकार पूर्णकला खनालको आइतबार साँझ ७५ वर्षको उमेरमा निधन भएको छ । खनालको सोमबार स्थानीय घाटमा अन्त्येष्टि गरिएको छ ।
खनालको पार्थिक शरीरमा राष्ट्रिय जनमोर्चा भूमिकास्थान नगरपालिकाका नगर सदस्य तथा भूमिकास्थान नगरपालिका वार्ड नम्वर २ का वडाध्यक्ष बुद्धिबहादुर थापाले पार्टीको झण्डा ओढाइ अन्तिम श्रद्धाञ्जली अर्पण गर्नुभयो । त्यस क्रममा उहाँले खनालको निधनले पार्टी र महिला आन्दोलनलाई अतुलनीय क्षति पुगेको बताउनु भयो ।
अन्त्येष्टि कार्यक्रममा राजमो भूमिकास्थान नगर सदस्य तथा भूमिकास्थान १ का वडाअध्यक्ष भोजराज खनाल, अखिल (छैठौं) का राष्ट्रिय परिषद् सदस्य टेकराज भुसाल, अखिल नेपाल शिक्षक संघ भूमिकास्थानका सचिव रामप्रसाद खनाल, नेकपा माओवादी (केन्द्र) का नेता बावुराम खनाल र नेपाली काङ्ग्रेसका नेता युवराज खनाल लगायतले शोक मन्तव्य राख्नुभएको थियो।