काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रदेश १, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।
Advertisement
बिहीबार राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित एक कार्यक्रमबीच राष्ट्रपति भण्डारीले शपथ गराउनुभएको हो । सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशी, कर्णालीका तिलक परियार र प्रदेश १ का परशुराम खापुङलाई शपथ गर्नुभएको हो ।
समारोहमा उपराष्ट्रपति नन्दबहादुर पनु, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालगायत विशिष्टि व्यक्तिहरु उपस्थित हुनुहुन्थ्यो ।
राष्ट्रपति भण्डारीले मंगलबार सरकारको सिफरिसमा प्रदेश १, कर्णाली र सुदूरपश्चिम प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गर्नुभएको हो ।