काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा भारत प्रस्थान गर्नुभएको छ । भारतीय सेनाको मानार्थ महारथीको दर्जा ग्रहण गर्न प्रधानसेनापति शर्मा भारत प्रस्थान गर्नुभएको हो ।
Advertisement
भारतका सेनाध्यक्ष एमएम नरवणेको निमन्त्रणामा प्रधानसेनापति शर्मा चार दिने भ्रमणका लागि मंगलबार भारत गएका नेपाली सेनाले जनाएको छ । प्रधान सेनापतिको टोली ९ सदस्यीय छ ।
भ्रमणका अवसरमा प्रधानसेनापति शर्मालाई भारतीय राष्ट्रपतिबाट भारतीय सेनाको मानार्थ महारथीको दर्जाबाट सम्मान गर्ने कार्यक्रम छ।
उहाँलाई यही कात्तिक २४ गते बुधबार मानार्थ महारथीको सम्मान गर्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
नेपाल र भारतबीच एकअर्काका प्रधानसेनापतिलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा छ ।