काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्ष विपक्षमा लागेका कानुन व्यवसायीबीच कुटाकुट भएको छ । शुक्रबार सर्वोच्च अदालतभित्रै दुई पक्षका वकिलबीच कुटाकुट भएको हो ।
Advertisement
वकिलहरू विराट न्यौपाने र भूमिनन्द चुँडालबीच कुटाकुट भएको हो । प्रधानन्यायाधीशलाई लिएर दुईजनाबीच विवाद बढ्दै गएपछि काठमाडौं बारका अधिवक्ता विराट न्यौपानेले सर्वोच्च बारका अर्का अधिवक्ता भूमिनन्द चुँडाललाई झापट हानेका हुन् ।
विवाद बढेपछि कुटाकुट गर्नेमा न्यौपाने प्रधानन्यायाधीशलाई हटाउने पक्षमा उभिएका छन् । अर्कातिर झापट खाने अधिवक्ता चुँडालले इजलास रोक्न नहुने अडान राख्दै आएका छन् ।
प्रधानन्यायाधीश हटाउनुपर्ने विषयले पाँच दिनदेखि सर्वोच्चमा सुनुवाइ ठप्प भएको छ । शुक्रबार मध्यान्ह वकिलहरुबीच भएको कुटाकुटको भिडिओ अहिले भाइरल भएको छ ।