• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

निर्वाचन पराजयपछि मर्जमाथि दबाब

अन्तरिक्षमा खेतीको प्रयोग तीव्र पार्दै चीन, १४ प्रजातिका वनस्पति उत्पादन

इटालीका विद्यालयमा बुर्का, नकाब प्रतिबन्धको तयारी

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. सर्वदलीय बैठक जारी

  • ९. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

दिदीको पुकार


  •   बिहिबार, कार्तिक ११, २०७८ मा प्रकाशित
  • विष्णु शर्मा ##
    भाइ परदेश गा’को वर्षौं भयो,
    आएन फर्केर ।
    रमाइलो गर्दै तिहार आउँदा,
    रुन्छ मन धर्केर ।।

    Advertisement

    आँगनी डिलमा सयपत्री रोप्छु,
    तिहारलाई भनेर ।
    आउदैन भाइ सयपत्री सुकी,
    जाँदै छ झरेर ।।

    सतरङ्गी टीका मुछेर बस्छु,
    हर वर्ष तिहारमा ।
    रङ्गाउन कहिल्यै पाउदिनँ मैले
    त्यो भाइको निधारमा ।।

    उपहार पनि लिएर आउछु,
    बजारमा गएर ।
    सधैँ मेरो तिहार जान्छ,
    निराश भएर ।।

    भाइका चाहना भुल्छु कि भनी,
    कपीमा केर्दछु ।
    तेलधारा लाउँदै ओखर फोर्दै,
    दोबाटै हेर्दछु ।।

    के आउन पाउथ्यो भौतारिँदै होला,
    पराइको देशमा ।
    गरिबले चाडपर्व मनाउने कैले ?
    होला खै स्वदेशमा ।।

    गाउँ र घरमा भइरहँदा,
    तिहारको रमझम ।
    जस्तै लाग्छ यो मेरो घर त,
    भयो कि समसान ।।

    गणतन्त्र त आयो देशमा,
    रोजगार आएन ।
    सर्वसाधारणले सुखको अनुभूति
    गर्न पाएन ।।

    गाउँ गाउँले पायो जनप्रतिनिधि,
    पाएन विकास ।
    परदेशीहरूका समस्या उनै,
    भएन निकास ।।

    जन्मैदेखि विदेशी नासो,
    भनेर हुर्कने ।
    नाबालक गएका भाइ वृद्ध भए,
    कैले हो फर्कने ?

    रोजगारभन्दा विदेश पठाउने,
    भइरहन्छन् सम्झौता ।
    छैनन् नी युवा गाउँ र घरमा,
    शून्य छन् वनपाखा ।।

    सिर्जनशील वर्ग विदेशी भूमि,
    रङ्गाई बस्नी ।
    देशको विकास गर्न कम्मर,
    कसले हो कसनी ?

    अप्ठ्यारो पर्दा गाउँ र घरमा,
    गुहार कोसँग मागने ?
    समय आयो परदेशी घरदेश,
    फर्कन लाग्ने ।।

    एउटा भाइ मात्र छैन विदेशमा,
    लाखौँ छन् भाइहरू ।
    स्वदेशमा सबले फर्केर हेरौँ,
    शून्य छन् गाउँहरू ।।

    सिङ्गो देश रोएको हुन्छ,
    चाडपर्व आउँदा ।
    हुनेखानेले चुङ्ग्याई चुङ्ग्याई,
    चाडहरू मनाउँदा ।।

    विदेश बसी रहेनछ बाबु हो,
    समाधान घरको ।
    आफ्नै देशमा नभा’को विदेश
    हुँदैन भरको ।।

    चाडबाड आउँछन् रम र झम,
    पाउँदैनौँ छुट्टी नि।
    अब त फर्कौं कति हो अझै,
    विदेशमा घोटिनी ।।

    बिहिबार, कार्तिक ११, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    ‘अग्निस्पन्दन’ कवितासङ्ग्रहको शल्यक्रिया
    आदर्शको पहाड
    रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न
    वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने
    लघुकथा : प्रकृति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • २.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ३.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ४.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ५.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    • ६.
      राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

    • ७.
      निर्वाचन पराजयपछि मर्जमाथि दबाब

    • ८.
      अन्तरिक्षमा खेतीको प्रयोग तीव्र पार्दै चीन, १४ प्रजातिका वनस्पति उत्पादन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.