माधव खनाल, अर्घाखाँची ।
राष्ट्रिय जनमोर्चा भूमिकास्थान नगरपालिका वार्ड न १ का सदस्य तथा राजिमे टोल समितिका अध्यक्ष दीपक नेपालीलाई मातृशोक परेको छ ।
बिगत केही समयदेखि क्यान्सर रोगबाट ग्रसित नेपालीका आमा मिनि नेपाली सार्कीको आइतबार बिहान ६५ वर्षको उमेरमा मृत्यु भएको हो ।
स्वर्गीय नेपालीको आजै स्थानीय घाटमा अन्त्येष्टि गरिएको छ । राष्ट्रिय जनमोर्चाका भूमिकास्थान नगर सदस्य भोजराज खनालले नेपालीको पार्थिक शरीरमा पार्टीको झण्डा ओडाइ श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो ।
अन्त्येष्टीमा अखिल नेपाल शिक्षक संघ भूमिकास्थान नगर सचिव रामप्रसाद खनाल, जातीय समता समाजका जिल्ला सदस्य रामबहादुर नेपाली, अखिल (छैठौं)का जिल्ला अध्यक्ष जीवन नेपाली लगायतले श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो । स्वर्गीय नेपालीका पाँच छोरा, तीन छोरी, चार बुहारी र नातिनातिना हुनुहुन्छ ।
स्वर्गीय नेपालीका छोरा दीपक नेपालीको अध्यक्षता र राष्ट्रिय जनमोर्चा भूमिकास्थान १ का सचिव नारायण खनालको सञ्चालनमा श्रद्धाञ्जली कार्यक्रममा भएको थियो ।