• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

तेस्रो राष्ट्रिय ओप्सना म्युजिक अवार्डको ‘सर्वोत्कृष्ट भजन गायक’को उपाधि मोतिराज खनाललाई

लोककल्याणकारी विज्ञापन कटौतीविरुद्ध पत्रकार महासंघको तालाबन्दी

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी

लागुपदार्थसहित दम्पती पक्राउ

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल

नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

दरबारबाट साम्यवाद !


  •   बिहिबार, कार्तिक ०४, २०७८ मा प्रकाशित
  • डा. गोविन्दप्रसाद आचार्य ##
    साम्राज्यको हावा चल्यो पिपलपाते चले ।
    जता जता चल्छ हावा उतैतिर ढले ।।
    न धार धारिलो छ पिपलका पात ।
    न त बाँस न बाँसुरी अराजकको जात ।।

    Advertisement

    सहरका दरबारले रूप फेर्यो कहाँ ।
    दरबारबाट आउँदैन जनक्रान्ति यहाँ ।।
    आलिसान महलको विलास कोठाभित्र ।
    देखिँदैन पिपलपाते रूप फेर्ने चित्र ।।

    चुनावको नाटकमा देश थला पर्यो ।
    आशा गर्ने स्याललाइ साँढेको फल झर्यो ।।
    दरबारबाट पिपलपाते कुरा छुरा गर्छन् ।
    छुरा कुराबाट विष चुनावको छर्छन् ।।

    नेतालाइ किन मान्ने नीति मानौँ छैन ।
    दरबारबाट संसारको रूप फेरिँदैन ।।
    जता हावा उतै चल्छ पिपलको पात ।
    भर पर्न नसकिने दरबारको जात ।।

    क्रान्तिशिर छेदन् गर्ने कुरा चर्का गर्ने ।
    चुनावका पर्चा छर्ने आफू जित्नैपर्ने ।।
    बारम्बार आउँछ चुनाव दरबारले जित्यो ।
    दरबारको चुनाव नाटक हेर्दै जुनी बित्यो ।।

    चुनाव जित्ने सहरको विलासको दरबार ।
    जनक्रान्ति शिर काट्न तिनले बोक्छन् तरबार ।।
    मेरो बाटो सही भन्छन् तर बाटो छैन ।
    हुटिट्याउँले संसारको आकाश थाम्या हैन ।।

    म र मेरो भावनाका खोलेका छन् दल ।
    दल फोर्छन् कता मिल्छन् चोरचण्डालको चाल ।।
    साम्यवादको बर्दीभित्र साम्राज्यका सेना ।
    जनताका खुनको दरबार साम्राज्यको खाना ।।

    दरबारको कोठाबाट साम्यवादको गर्जन ।
    मभन्दा खोइ को छ अर्को उग्र भाव पोख्छन् ।।
    चटकीका चटकहरू हुन्छन् थरी थरी ।
    दरबारका साम्यवादी झुन्ड वरिपरि ।।

    उचालेका कुकुरबाट मृग मारिँदैन ।
    दरबारले साम्यवादको बाटो बनाउँदैन ।।
    फटे पनि जुटे पनि जनताका हैनन् ।
    साम्राज्यले हुर्काएका साम्यवादी हैनन् ।।

    लासभित्र आशावादी साहस भरिँदैन ।
    जति राख औषधिमा लास ब्युँझिँदैन ।।
    साम्यवादको मुकुन्डोमा चुनावमा आउँछन् ।
    जनताको हितका गीत कुतत्वले गाउँछन् ।।

    उठ्ने छैन दरबारबाट साम्यवादको झन्डा ।
    दरबारको साम्यवादलाई खेद लगाऊँ डण्डा ।।
    साम्यवादका विषहरू चुनावमा आउँछन् ।
    दरबारका ब्वाँसाहरू क्रान्ति भन्दै आउँछन् ।।

    सत्तारस नेताजीलाई जनतालाई कुरा ।
    दरबारको साम्यवाद बेइमानीका कुरा ।।
    दरबारका साम्यवादको भारी बोक्नुहुन्न ।
    दरबारको कोठेगर्जन साम्यवादको हुन्न ।।

    झुन्ड वरिपरि बस्ने बानी लागेको छ ।
    साम्राज्यको रक्सी नसा कडा लागेको छ ।।
    दरबारबाट साम्यवादले चुनाव भन्दै ठग्यो ।
    समाजको गतिलाई अन्धकारमा लग्यो ।।

    दरबारको साम्यवादका पछि लाग्नुहुन्न ।
    दरबारको साम्यवादले जन न्याय दिन्न ।।
    सहरका दरबार हुन् सुकिलाको संसार ।
    सुकिलाका दरबारबाट साम्यवादको प्रचार ।।

    झुटको खेती गरिकन खाइबसेको दरबार ।
    कहाँ दिन्छ दरबारले साम्यवादको संसार ।।
    दुईचार मान्छे पछि लगाई ताली पिट्ने झुन्ड ।
    विचारका सफा हुन्न् गनाएका कुण्ड ।।

    धरातलमा खुट्टा छैन रसातलमा पुगे ।
    काम नगरी नेता बने संसदमा उँगे ।।
    मर्ने बेला कुकुरले घर छोड्छ भन्थे ।
    बुढो कुकुर जनताले किन सही ठान्थे ।।

    घर फोर्नेको इतिहासमा भलो कसको भयो ।
    घर फोर्ने चण्डाल आदत रसातलमा गयो ।।
    मन चिन्तन साम्राज्यको गर्जन साम्यवादको ।
    बेसुरको साम्यवाद अवसर सञ्चारको ।।

    दरबारको साम्यवादले नखाएको के छ ।
    साम्राज्यले जे जो दियो सबै निलेको छ ।।
    न्याय पनि भागबन्डामा कस्तो देश होला ।
    दरबारका साम्यवादको नबोक है झोला ।।

    भागबन्डाको साम्यवाद जनहितको हुन्न ।
    भागबन्डाको मन्त्री खाने साम्यवादी हैन ।।
    दरबारको साम्यवादलाई सबले चिनेका छन् ।
    यो देशका नभएको ठहर गरेका छन् ।।

    जनताले जानेरै हो चुनाव हराएका ।
    दरबारका साम्यवादी अझै नचेतेका ।।
    दरबारका कोठाबाट चिच्याउन छोड ।
    साम्राज्यको खाना दाना उतै नाता जोड ।।

    चुनावमा जित्ने दिन बिलाएर गए ।
    न्यायाधीश अदालत भागबन्डामा गए ।।
    जता पनि बिग्रिएको भत्किएको देश ।
    बिगारेर नबनेको पहिलो होला देश ।।

    जेमा पनि भागबन्डा छ हावा भागबन्डामा ।
    पाइलाहरू भागबन्डामा बाटो भागबन्डामा ।।
    लास जलाउने चितादाउरा ठाउँ भागबन्डामा ।
    दरबारका साम्यवादको झुन्ड भागबन्डामा ।।

    बिहिबार, कार्तिक ०४, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘अग्निस्पन्दन’ कवितासङ्ग्रहको शल्यक्रिया
    आदर्शको पहाड
    रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न
    वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने
    लघुकथा : प्रकृति
    गजल

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      तेस्रो राष्ट्रिय ओप्सना म्युजिक अवार्डको ‘सर्वोत्कृष्ट भजन गायक’को उपाधि मोतिराज खनाललाई

    • २.
      लोककल्याणकारी विज्ञापन कटौतीविरुद्ध पत्रकार महासंघको तालाबन्दी

    • ३.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ४.
      साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी

    • ५.
      लागुपदार्थसहित दम्पती पक्राउ

    • ६.
      प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

    • ७.
      राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल

    • ८.
      नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.