• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, भदौ २६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

विदेशबाट फर्किएका युवा भेडापालनमा

जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

गुल्मीमा ३८ जातका कफीको परीक्षण

सिभिल सहकारी ठगीमा तामाङलाई पाँच वर्ष कैद सजाय

लोकप्रिय समाचार

  • १. विपत्तिकाे सामना

  • २. शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

  • ३. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

  • ४. स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

  • ५. ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

  • ६. १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

  • ७. बाढीप्रभावित नुवाकोटमा मसालका महामन्त्री सिंहको स्थलगत अनुगमन

  • ८. मोहनविक्रम सिंहको ‘१२ मई’ नाटक मञ्चन (फोटासहित)

  • ९. युगदर्शन साप्ताहिकको आठौँ वर्षप्रवेशप्रति मूल प्रवाहको शुभकामना

  • १०. बिकानेरमा मूल प्रवाहको महिला नगर विभाग पुनर्गठन

ओलीको त्यो बोली, जसले ल्यायो तरंग !


  •   मङ्गलबार, मङि्सर ०३, २०७६ मा प्रकाशित
  • बिद्यानाथ अधिकारी

    Advertisement

    प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार (मंसिर १ गते) एक कार्यक्रममा भनेका थिए, ‘कालापानी हाम्रो भूभाग हो, छिमेकीले आफ्नो सेना फिर्ता लैजाओस् ।’ प्रधानमन्त्री ओलीको यो बोली यतिबेला भारतीय मिडियामा छाएको छ । अझ उनले अगाडि बढेर भनेका थिए, ‘राष्ट्रिय हितमा सरकार अड्न र लड्न सक्छ ।’

    भारतको नक्कली नक्शा अस्विकार गर्ने र एक इन्च जमिन पनि नदिने उनले स्पष्ट शब्दमा बोलेका थिए । ‘हामी हाम्रो भूमि फिर्ता ल्याउँछौं । कतिपयले नक्सा सच्याउनु प-यो भनेका छन् । नक्सा सच्याउने मात्र होइन सरकारले आफ्नो भूमि फिर्ता ल्याउँछ । अतिक्रमित भूमि फिर्ता ल्याउन सरकार सक्षम छ,’ ओलीले भनेका थिए, ‘यो सरकारले आफ्नो भूमि एक इञ्च मिच्न दिंदैन । नेपालीलाई अरूको जमिन पनि चाहिँदैन ।’

    पछिल्लो कालखण्डमा नेपालका प्रधानमन्त्रीले सार्वजनिक रुपमा भारतलाई चेतावनी दिएको सम्भवतः यो पहिलो पटक हो । प्रधानमन्त्री ओलीको यो भनाईलाई भारतलगायत अन्य देशका सञ्चार माध्यमले पनि महत्वका साथ स्थान दिएका छन् । सोमबार अधिकांश भारतीय मिडियामा यसले प्रमुखताका साथ स्थान पाएको छ । एक प्रकारले नेपाल भारत सम्बन्धमा नयाँ तरंग ल्याएको छ ।

    कस्ले के लेखे ?

    भारतका धेरैजसो पत्रपत्रिका टेलिभिजन तथा अनलाइनहरुमा प्रधानमन्त्री ओलीको भनाई र नेपालमा भइरहेको भारतविरोधी प्रदर्शनलाई महत्वका साथ प्रशारण गरेका छन् ।

    बिबिसी हिन्दीले लेखेको छ, ‘भारत से कालापानी विवाद पर नेपाली पीएम ओली बोले– ‘एक इंच भी ज़मीन नहीं मिलेगी’ । यस्तै पञ्जाब केशरीले ‘कालापिानीको लेकर भारतको आंखें दिखा रहा नेपाल, पीएम ओली ने किया बडा ऐलान’ शीर्षकमा समाचार छापेको छ । चर्चित पत्रिका अमर उजालाले शिर्षक बनाएको छ, नेपालके प्रधानमन्त्री ओलीका एलानः कालापानी इलाकासे हटाएंगे भारतीय सैनिक ।


    त्यसैगरी इन्डियन एक्प्रेसले ‘नक्सा विवादः नेपाली प्रधानमन्त्रीले दाबी गरे कालापानी क्षेत्र, भारतलाई फिर्ता जान भने’ शीर्षक बनाएको छ भने आजतकको समाचारको शीर्षक छ, ‘कालापानी विवादमा नेपाली प्रधानमन्त्रीले भारतलाई देखाए रवाफः एक इञ्च जमिन पनि दिन्नौं ।’
    यी बाहेक अन्य धेरै सञ्चार माध्यमले प्रधानमन्त्री ओलीको भनाईलाई महत्व दिएका छन् । जसले भारतमा पनि तरंग ल्याइदिएको अनुमान गर्न सकिन्छ ।

    अतिक्रमणले साँघुरिएको नेपालको मानचित्र

    पछिल्लो समय भारतले जम्मु र कश्मिरको स्वतन्त्र अस्तित्व नामेट पारेपछि ति भूभागलाई समेत समेटर तयार पारेको नक्शामा नेपाली भूमि कालापानी लगायतको क्षेत्र समेटिएको छ । यद्यपी भारतले कालापानी क्षेत्र वर्षौंदेखि अतिक्रमण गरिरहेको छ । तर, अहिले आफ्नो नक्शामै ति क्षेत्रलाई समेट्नु अतिक्रमणलाई वैधानिकता दिनको लागि हो ।

    यसरी भारतीय अतिक्रमणका कारण नेपालको मानचित्र नै साँघुरिँदै गएको विज्ञहरु बताउँछन् । भारतले १ लाख ४३ हजार वर्गकिकलोमिटर नेपालको क्षेत्रफल भएको नक्शा बनाएको सीमाविद्हरुको दाबी छ । सुगौली सन्धिपछि नेपालको क्षेत्रफल १ लाख ४७ हजार १ सय ८१ वर्ग किलोमिटरमा सीमित भएको थियो ।

    एक तथ्यांक अनुसार भारतसँग सीमा जोडिएका २६ मध्ये २३ जिल्लामा सीमा मिचिएको छ । भारतसँग सीमा जोडिएका चार जिल्लाहरु महोत्तरी, धनुषा, डडेल्धुरा र बैतडी मात्र अहिलेसम्म अतिक्रमणबाट चोखा रहेका छन् । त्यसबाहेक सबै जिल्लामा अतिक्रमण भएको छ । भारतसँग सीमा जोडिएको ७१ भन्दाबढी ठाउँमा लगभग ६० हजार हेक्टरभन्दा बढी नेपाली भूमि मिचिएको तथ्यांक छ ।

    यसमध्ये कालापानी (लिम्पियाधुरा) क्षेत्रको मात्रै ३६ हजार, नवलपरासीको सुस्तामा १४ हजार र अन्य जिल्लाहरुमा ९ हजार हेक्टर जमिन अतिक्रमण भएको पाईएको हो । भारतसँग सीमा जोडिएका १८ जिल्लामा ४ सय ७४ सीमास्तम्भ भारतीय पक्षबाट गायब गरिएका छन् ।
    सशस्त्र प्रहरीको तथ्यांक अनुसार ३ हजार ५ सय २९ सीमास्तम्भमध्ये २ हजार ३ सय ५८ मात्र सामान्य अवस्थामा छन् । सन् १९४७ सालमा स्वतन्त्र भएदेखि भारतले नेपालको भूमि लगातार अतिक्रमण गरिरहेको छ ।

    नेपाल र भारतबीच १८ सय ८० किलोमिटर सीमा जोडिएको छ । भारतसँग सीमा जोडिएका २६ जिल्लामध्ये १८ जिल्लामा मात्र नेपालको तर्फबाट सशस्त्र प्रहरी क्याम्प स्थापना गरिएको छ त्यो पनि सीमाभन्दा ३९४ किलोमिटर भित्र मात्र । उत्तरी छिमेकी चीनसँग नेपालको १४ सय १५ किलोमिटर सीमा जोडिएको छ ।

    नेपालीको नियतिः जनता गुहार माग्ने, सरकार नसुन्ने

    केही दिन अघि भारतले नेपालको कालापानी, लिपुलेक लगायतका भूभाग समेटेर आफ्नो नयाँ नक्सा बनाएपछि त्यसको ब्यापक विरोध भइरहेको छ । यद्यपी नेपाली भूभाग मिचिएको प्रति नेपालमा भारतविरुद्ध लगातार आवाज उठिरहेको थियो । तर, त्यो आवाज त्यति सशक्त थिएन वा नेपाल भित्रै पनि एकतावद्ध थिएन । तर, अहिले भारतीय अतिक्रमण विरुद्ध नेपालमा अभूतपूर्व एकता कायम छ । राजनीतिक दलदेखि नागरिक समाजसम्म र सरकारसमेत यो विषयमा एकमत देखिएका छन् । सरकारले स्पष्ट शब्दमा भनेको छ, ‘काली नदीको मुहान लिम्पियाधुरादेखि पूर्व नेपाल हो । भारतले एक पक्षीय रुपमा बनाएको नक्सा स्विकार गर्दैनौं ।’

     

    सीमा अतिक्रमणबारे सरकारले स्पष्टसँग आफ्नो भनाई राखेको र प्रधानमन्त्रीले राष्ट्रियताका सवालमा लिएको अडान सहनीय त छँदैछ । अब भारतसँग नेपालीले शिर झुकाउनुपर्दैन कि भन्ने आशा पनि जगाएको छ ।

    अहिलेसम्म नेपालीको नियती के हो भने भारतले लगातार सीमा अतिक्रमण गरिहरको छ, रातारात जंगे पिल्लर खडा गरिहरको छ र नेपाली जनतालाई दुःख दिइरहेको छ तर, जनताले गुहार माग्दा राज्यले गुहार दिने गरेको छैन । तराईका दर्जनौं स्थानमा भारतले सीमा मिचेको छ । सिमानामा बाँध बाँधेर नेपाली भूमि डुबाएको छ । त्यस विरुद्ध जनताले लगातार आवाज उठाउँदै आएका छन् । तर, सरकारले कुनै कुटनीतिक पहल गर्न सकेको छैन । यो नेपाल र नेपालीको बिडम्बना हो ।

    ईपीजी प्रतिवेदन किन बुझ्दैन भारत ?
    प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पहिलो कार्यकालमा सीमा समस्या हल गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग सहमति गरी दुबै देशका प्रवुद्ध समूह बनाउने प्रस्ताव गरेका थिए । सोही अनुसार दुबै देशका सीमाविज्ञ तथा कुटनीतिज्ञ सामेल नेपाल भारत प्रवुद्ध समुह (ईपीजी) गठन गरिएको थियो । मोदीको सहमतिमा गठन भएको प्रवुद्ध समूह (ईपीजी) ले तयार पारेको संयुक्त प्रतिवेदन बुझ्न भारतीय पक्षले एक वर्षदेखि आनाकानी गरिरहेको छ ।

    इपीजीमा नेपालको तर्फबाट डा.भेषबहादुर थापा, निलाम्बर आचार्य, सूर्यनाथ उपाध्याय र डा.राजन भट्टराई थिए । भारतीय पक्षबाट भगतसिंह कोसियारी, प्राध्यापक महेन्द्र पी लामा, बीसी उप्रेती र जयन्तप्रसाद थिए ।

    ओली र मोदीको पहिलो कार्यकालमा गठन भएको ईपीजीले ९ वटा बैठक बसेर सन् १९५० को नेपाल भारत सन्धी परिमार्जनलगायतका महत्वपूर्ण बुँदामा सहमति जुटाएर प्रतिवेदन तयार पारेको एक वर्ष बितिसक्यो । गत वर्ष जुलाईमा तयार भएको प्रतिवेदन अझै भारतीय प्रधानमन्त्री मोदीले बुझ्न मानेका छैनन् ।

    यो प्रतिवेदनले नेपालको चाहनाअनुसार धेरै कुरा समेटेको र भारतको पकडमा नेपाल गुम्ने खालका आशंका भारतीय पक्षको छ । मोदीले प्रतिवेदन बुझ्न आनाकानी गर्नुको कारण पनि यही हुनसक्ने ईपीजीका सदस्यको बुझाई छ ।

    नेपालप्रति अनुदार मानिने भारतीय विदेशमन्त्री एस जयशंकर ईपीजी गठन हुँदा विदेश सचिव थिए । उनी नेपालमा संविधान जारी नगर्न दबाव दिन ०७२ असोज पहिलो साता नेपाल आएका थिए तर, तत्कालीन नेतृत्वले भारतीय दबाव अस्वीकार गर्दै संविधान जारी गरेपछि नेपालमाथि अघोषित नाकाबन्दी लगाएको थियो ।

    खुला सीमाना व्यवस्थित गर्ने, सन् १९५० को नेपाल र भारतबीचको असमान सन्धीलाई विस्थापन गरेर नयाँ सन्धीको मस्यौदालगायतका विषयमा ईपीजी सदस्यहरुबीच सहमति भएको थियो ।

    समस्या समाधानको उपयुक्त मौका

    भारतले आफ्नो संविधान आफैँ बनाएवापत नेपालमाथि पाँच महिना लामो नाकाबन्दी लगायो । नाकाबन्दी विरुद्ध नेपाली जनताले डटेर सामना गरेका थिए भने सरकारले पनि भारतसँग घुँडा टेक्न अस्विकार गरेको थियो ।

    नाकाबन्दी विरुद्ध अडान लिने प्रधानमन्त्री ओली नै अहिले दुई तिहाईको बहुमत सहितका शक्तिशाली प्रधानमन्त्री छन् । उनको राष्ट्रवादी छवीका कारण समस्या समाधान हुनेमा नेपाली जनता धेरै हदसम्म आशावादी देखिएका छन् ।

    अझ महत्वपुर्ण कुरा त यो सरकार अन्य मामलामा दुई तिहाई बहुमतको भएपनि राष्ट्रियताका मामलामा ‘सम्पुर्ण’ को हो । विगतमा भारतले नाकाबन्दी लगाउँदा ‘नाकाबन्दी’ सम्म भन्न नसक्ने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले समेत सरकारलाई दहे साथ दिएको छ । संविधान संशोधनका लागि काठमाडौंलाई घेराबन्दी गर्ने भन्दै भारतीय नाकाबन्दीलाई सघाउ गरेका र सिमानामा बसेर नेपाली प्रहरीलाई ढुंगा मुढा गर्ने मधेशवादी दलसमेत अतिक्रमणको विरोध गर्न बाध्य भएका छन् ।

    अहिले राष्ट्रियताको रक्षा गर्न र भारतीय अतिक्रमण हटाउन सरकारलाई जुन जनसमर्थन मिलेको छ, यो अवसर भनेको ऐतिहासिक अवसर हो । सरकारले स्पष्ट शब्दमा भारतीय सेनालाई कालापानी छोड्न भनिसकेको अवस्थामा अब कुटनीतिक पहल गरेर समस्या सधैँका लागि समाधान गर्नतर्फ अग्रसर हुन जरुरी छ । प्रधानमन्त्रीको बोलीले ल्याएको तरंग तरंगमै सिमित नहोस् र जाली नक्सामा समेटिएका अतिक्रमित भूमिसहित मिचिएका सबै नेपाली भूभाग फर्काउन जनताले पनि सरकारलाई नियमित साथ र दबाब दिनुपर्ने आवश्यकता देखिन्छ ।

    मङ्गलबार, मङि्सर ०३, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मोतीराम भट्टको एक सय एकसट्ठिऔँ जन्मजयन्ती मनाइँदै
    बाढीप्रभावित नुवाकोटमा मसालका महामन्त्री सिंहको स्थलगत अनुगमन
    उपत्यकामा सबै कम्पनीको ग्यास सिलिन्डर साट्न सरकारको निर्देशन
    हरेक चुनौतीको सामना गर्दै निरन्तर अगाडि बढ्नेछौँ
    विशेष सम्पादकीय
    मिसन पत्रकारिता अगाडि बढाउन शुभकामना

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      विपत्तिकाे सामना

    • २.
      शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

    • ३.
      उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ४.
      स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

    • ५.
      ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

    • ६.
      १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

    भर्खरै

    • १.
      प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

    • २.
      वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

    • ३.
      राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

    • ४.
      शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

    • ५.
      विदेशबाट फर्किएका युवा भेडापालनमा

    • ६.
      जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    • ७.
      पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

    • ८.
      गुल्मीमा ३८ जातका कफीको परीक्षण

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.