काठमाडौं । विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य चन्द्र बिक्रम चन्द ‘बिरजंग’ को निधन भएको छ । नेकपाका महासचिव नेत्र बिक्रम चन्द विप्लवका दाजु ६१ वर्षीय बिरजंगको उपचारको क्रममा गएराति निधन भएको हो ।
Advertisement
उहाँको भारतको नयाँ दिल्लीस्थित म्याक्सीस अस्पतालमा निधन भएको नेकपाका केन्द्रीय सदस्य सन्देश पौडेलले जानकारी दिनुभयो ।
लामो समयदेखि उच्च रक्तचाप, मधुमेह र फोक्सोको समस्याबाट पीडित बिरजंगलाई केही समयअघि उपचारको लागि दिल्ली लगिएको थियो ।
१९ महिनाको जेल जीवन बिताएर बिरजंग केही महिनाअघि मात्र अदालतको आदेशमा चितवन कारागारबाट रिहा हुनुभएको थियो ।
कपिलबस्तुको शिवराजगढीका स्थायी बासिन्दा बिरजंगका श्रीमती र दुई छोरा छन् । विरजंगको शव दिल्लीबाट आजै कपिलबस्तुस्थित घरमा ल्याउने तयारी छ।