• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

फुटपरस्त तत्वबारे नेक महम्मद : गद्दारहरुको कुरै नगरौँ


  •   बिहिबार, असोज २८, २०७८ मा प्रकाशित
  • काठमाडौं । राष्ट्रिय जनमोर्चा रौतहटका जिल्ला सदस्य नेक महम्मद देवानलाई पार्टीको संगठन कसरी विस्तार गर्ने भन्ने चिन्ता छ ।
    रौतहटको राजपुर नगरपालिका वडा नं ८ का ६५ वर्षीय देवान संगठन निर्माणको योजनासहित साइकलमै जिल्लाभर घुम्नुहुन्छ । जिल्ला अध्यक्ष हरिकिशोर महतोको नेतृत्वमा देवानसहितको टीमले जिल्लामा संगठन निर्माण गरिरहेको छ ।

    Advertisement

    मधेशका जनताले स्थानीय जमिन्दार र भारतीयहरुको हेपाई भोगेको अनुभव गरेका महम्मद राष्ट्रिय जनमोर्चामा आवद्ध भएका नेता कार्यकर्तालाई समाजले सम्मानको दृष्टिकोण हेर्ने गरेको बताउनुहुन्छ ।

    ‘राष्ट्रिय जनमोर्चा अन्यायको विरोध गर्ने, सही राजनीति र सिद्धान्त भएको पार्टी भनेर जनताले विश्वास गर्छन्’ महम्मद भन्नुहुन्छ, ‘हामी अन्यायको विरोध गर्छौं, भ्रष्टाचारको विरोध गर्छौं । विकास निर्माणको पहल गर्छौं । त्यसकारण जनताले हामीलाई विश्वास गरेका हुन् ।’

    राजमो जिल्ला सदस्य महम्मद राजनीतिसँगै समाजसेवामा समेत सक्रिय हुनुहुन्छ । हालै गाउँका एक विरामीलाई उपचारको लागि काठमाडौं लिएर आएका उहाँ राष्ट्रिय जनमोर्चाको केन्द्रीय कार्यालय खोज्दै आइपुग्नुभयो । युगदर्शनको कार्यालयमा समेत आइपुगेका उहाँले जिल्लामा कसरी संगठन विस्तार गर्ने भन्ने नै आफ्नो चिन्ता रहेको बताउनुभयो ।

    ‘हामीले रौतहटमा संगठन विस्तार गरिरहेका छौं । खासगरी २ नम्बर क्षेत्रमा अहिले संगठन बलियो हुँदै गएको छ’ देवानले भन्नुभयो, ‘उमेरले ६५ वर्ष लागिसकेँ तर साइकल चलाएरै संगठन निर्माण गर्न हिँडिरहेको छु ।’

    गएको स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारको रुपमा राजपुर नगरपालिकाको प्रमुख पदमा उठेका महम्मदले करिब चार सय जति मत प्राप्त गर्नुभएको थियो । त्यसलगत्तै राष्ट्रिय जनमोर्चामा संगठित भएका उहाँ राजमोको नीति, सिद्धान्त र व्यवहार देखेर पार्टी प्रवेश गरेको बताउनुहुन्छ ।

    ‘राष्ट्रिय जनमोर्चाले लोकतन्त्र र राष्ट्रियताको पक्षमा गरेको संघर्ष, संघीयताको विरोध, भ्रष्टाचार र अन्याय, अत्याचारको विरोधमा कार्यक्रमहरु गरिरहेको देखेर म पार्टीप्रति आकर्षिक भएको हुँ’ देवान भन्नुहुन्छ, ‘जनताले यही नीतिका कारण जनमोर्चालाई विश्वास गर्छन्, हामी जनताको बिचमा जान सक्यौं भने संगठन विस्तार गर्न गाह्रो छैन ।’

    महम्द देवान कृषि पेसासँगै सानो उद्योग व्यवसाय पनि गर्नुहुन्छ । पाउरोटी उद्योगी देवान व्यवसायको सिलसिलामा मुग्लिन, नारायणघाट क्षेत्रलाईसमेत कैयौं वर्ष आफ्नो कर्मथलो बनाउनुभयो । उहाँको सिप दोस्रो पुस्तामा समेत हस्तान्तरण भइसकेको छ ।

    अहिले उहाँका दुई छोरा मेलम्चीमा पाउरोटी उद्योग सञ्चालन गरिरहेका छन् । तर, गएको जेठ अन्तिम साता मेलम्चीमा आएको बाढीले भने उहाँको उद्योगसहित दुईवटा मोटरसाइकलसमेत बगाइदिएको देवान बताउनुहुन्छ ।

    देवान हाल उद्योगलाई पुनर्जीवन दिँदै संगठन निर्माण र आन्दोलनका कार्यक्रममा क्रियाशील भइरहनुभएको छ । पछिल्लो समय राष्ट्रिय जनमोर्चामा केही व्यक्तिहरुले फुट पार्न गरिरहेको प्रयासप्रति उहाँले आक्रोश व्यक्त गर्नुभयो ।

    अराजक र फुटपरस्त केही व्यक्तिहरुले प्रदेश २ मा समेत राजमोको नाममा समानान्तर समिति बनाएका थिए । त्यसरी कथित भेलाको अगुवाइ गर्ने व्यक्ति पहिले आफूले सम्मान गर्ने मान्छे रहेको तर, उनको गतिविधिले घृणा लागेको महम्मद बताउनुहुन्छ ।

    उहाँले भन्नुभयो, ‘बेइमानहरुको के कुरा गर्ने ? पार्टीले र जनताले विश्वास गरे । उनीहरुले जनतामाथि नै विश्वासघात गरे । अलग्गै गएर बदमासी गर्नेहरु गद्दार हुन् । तिनीहरुको कुरै नगरौं ।’

    रौतहटको राजपुरमा राजमोको संगठन विस्तार

    बिहिबार, असोज २८, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.