काठमाडौँ । मुगुमा बस दुर्घटना हुँदा २३ जनाको ज्यान गएको छ ।
Advertisement
२०७८ असोज २६ गते सुर्खेतबाट मुगुको सदरमुकाम गमगढीका लागि गएको भे१ ख३१६७ नम्बरको बस दुर्घटनामा परेको प्रमुख जिल्ला अधिकारी रोमनाथ महतले जानकारी दिनुभयो ।
छायानाथ रारा नगरपालिका–७ मा बस दुर्घटना भएको हो । बस सडकबाट दुई सय मिटर तल खसेको छ । दुर्घटनामा परी अन्य १७ जना घाइते भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार गाडीमा ३९ जना सवार थिए ।
घाइतेहरूलाई दुर्घटनास्थलबाट निकाल्दै अस्पताल लिने काम भइरहेको प्रजिअ महतले बताउनुभयो ।
घटनाको थप विवरण आउन बाँकी छ ।