पोखरा । कास्कीमा असोज २५ गते सोमबार दिउँसो भएको जिप दुर्घटनामा परी ८ जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।
Advertisement
पोखराको हरिचोकबाट घान्द्रुकका लागि छुटेको ग१ज ६९०० नम्बरको जिप अन्नपूर्ण गाउँपालिका–१० कलाभिरमा दुर्घटना भएको हो ।
गाडीमा ९ जना सवार थिए । एक जना सामान्य घाइते भएका र गम्भीर घाइते आठ जनाको निधन भएको स्थानीय पर्यटन व्यवसायी किसम गुरुङले बताउनुभयो ।
प्रहरीले भने मृत्युको पुष्टि गरेको छैन । दुर्घटनामा गम्भीर घाइते भएका आठ जनालाई उद्दार गरी पोखरा ल्याइएको प्रहरीले बताएको छ ।
पोखराबाट घुम्न गएको टोली नै दुर्घटनामा परेको स्थानीयको भनाइ छ ।