विष्णु पुन, सोल ।
दक्षिण कोरिया नेपाली एकता समाजको कार्यवाहक अध्यक्षमा लेखत कुँवर नियुक्त हुनुभएको छ । अक्टोबर ९, २०२१ का दिन बसेको बैठकले सो निर्णय गरेको हो ।
बैठकले गत सेप्टेम्बर २७, २०२१ का दिन गठित दुर्गा शर्मा अध्यक्ष रहेको कथित अन्तराष्ट्रिय नेपाली एकता समाज अवैधानिक र फुटपरस्त गतिविधि भएको ठहर गरेको छ । उक्त नवगठित समितिमा दक्षिण कोरिया नेपाली एकता समाजका तत्कालीन अध्यक्ष विदुर शर्मा, केन्द्रीय सदस्य शिव पौडेल र रक्तिम विभागका सदस्य रामु तरामी पनि पदेन रहेकाले उहाँहरू तीनै जनालाई अनिश्चित कालका लागि कोरिया नेपाली एकता समाजबाट निष्काशन गरेको छ ।
बैठकले दक्षिण कोरिया नेपाली एकता समाज दुर्गाबहादुर केसी अध्यक्ष रहेको अन्तर्राष्ट्रिय नेपाली एकता समाजप्रति नै प्रतिबद्ध रहेने निर्णय गरेको छ ।
त्यस्तै, रिक्त कोषाध्यक्षमा रेशम पुनलाई पदपूर्ति गरेको छ भने अन्य रिक्त पदमा आगामी बैठकले पूर्णता दिने का.वा. अध्यक्षले लेखत कुँवरले जानकारी दिनुभयो ।