श्याम पोखरेल, बुटवल ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ८ निवासी सीता पौडेल र तिलोत्तमाको भलवारी माइत भएकी कपिलवस्तु निवासी सरस्वती कौशलको रहस्यमय मृत्युप्रति स्वतन्त्र नागरिक समूह नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
स्वतन्त्र नागरिक समूह नेपालका अध्यक्ष विश्वराज गैरे र महासचिव टोपबहादुर केसीले विज्ञप्ती जारी गरी दुवै ठाउँमा घटेका घटनाको सत्य तथ्य पत्ता लगाउन सरकारसँग माग गरेका छन् ।
दुवै घटनाप्रति स्वतन्त्र नागरिक समूह नेपालको गम्भीर ध्यानकर्षण भएको र मृत्युको सत्य तथ्य पत्ता लगाई दोषीलाई हदैसम्मको सजायको व्यवस्था गर्न विज्ञप्तीमार्फत माग गरिएको छ ।
सीता पौडेलको यही २०७८ भदौ २० गते आफ्नै घरमा रहस्यमय मृत्यु भएको थियो । त्यस्तै, कपिलवस्तुकी सरस्वती कौशलको २०७८ असोज १४ गते रहस्यमय मृत्यु भएको थियो ।
दुवै घटना घट्न्को कारण पत्ता लगाई घटनामा संलग्नलाई स्वतन्त्र नागरिक समूहले सजायको माग गरेको हो ।
