• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

अध्यक्ष केसी धनगढी आउने खबरले सुदूरपश्चिमका नेता कार्यकर्ता उत्साहित छौँ : भण्डारी


  •   सोमबार, असोज १८, २०७८ मा प्रकाशित
  • बैतडी । राष्ट्रिय जनमोर्चा बैतडीका अध्यक्ष वीरेन्द्र भण्डारीले पार्टीका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसी धनगढी आउने खबरले सुदूरपश्चिमका नेता कार्यकर्तामा उत्साह छाएको बताउनुभएको छ ।

    Advertisement

    राष्ट्रिय जनमोर्चाले एमसीसी खारेजी, संघीयताको विरोध, महंगी, भ्रष्टाचार लगायतका विषयलाई समेटी यही असोज २० गते सातै प्रदेशका मुकाममा विरोध सभाको आयोजना गर्दैछ । सोही कार्यक्रम अन्तर्गत धनगढीमा हुने विरोध सभालाई सम्बोधन गर्न अध्यक्ष केसी धनगढी आउने कार्यक्रम छ ।

    सोमबार युगदर्शनसँग कुरा गर्दै जिल्ला अध्यक्ष भण्डारीले अहिले आफूहरु सो कार्यक्रमको तयारीमा जुटेको बताउनुभयो । उहाँले पहाडी जिल्लाबाटसमेत अध्यक्ष केसीले सम्बोधन गर्ने कार्यक्रममा सहभागी हुन कार्यकर्ताहरु लालायित भएको बताउनुभयो ।

    यस्तै, अध्यक्ष भण्डारीले केही दिनअघि आफ्नो नामबाट प्रकाशित भएको विज्ञप्तिप्रति भ्रममा नपर्न पनि आग्रह गर्नुभएको छ । उहाँले राष्ट्रिय जनमोर्चाको नीति, सिद्धान्त र संगठनबाट अलग हुने कुरा आफूलाई स्वीकार्य नहुने पनि स्पष्ट पार्नुभएको छ ।

    ‘हाम्रो पार्टीको जुन राष्ट्रवादी र जनताप्रति समर्पित छवी छ, त्यसको तुलनामा संगठन अलि कमजोर भयो । यसलाई व्यवस्थित र बलियो बनाउनुपर्छ भन्ने मेरो मान्यता हो’ अध्यक्ष भण्डारीले युगदर्शनसँग भन्नुभयो, ‘साथीहरुले यस्तै कुरा गरेको हुनाले मैले पनि विज्ञप्ति निकालेर सहमति जनाएको थिएँ । तर, पार्टी नेतृत्वलाई दबाब दिने नाममा संगठनमा फुट पार्ने उनीहरुको उद्देश्य रहेछ । उहाँहरुको खराब नियत बुझेपछि मैले समर्थन नगर्ने निर्णय गरेँ ।’

    अध्यक्ष भण्डारीले राजमो बैतडी जिल्ला समिति चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चाप्रति प्रतिवद्ध र एकताबद्ध रहेको पनि स्पष्ट पार्नुभयो ।

    यस्तै, राजमो बैतडीका पुराना नेता अर्जुनसिंह मडैले पनि फुटपरस्त गतिविधिप्रति राजमो बैतडीले समर्थन नगर्ने बताउनुभयो । उहाँले नेकपा (मसाल) र राष्ट्रिय जनमोर्चा जत्तिकै अनुशासित तथा जनताप्रति समर्पित पार्टी अरु कुनै नरहेको भन्दै पार्टीमा फुट पार्ने ‘अपराध’ नगर्न आग्रह गर्नुभएको छ ।

    साथै राजमो नेता कार्यकर्ताहरुलाई कुनै भ्रममा नपरी अध्यक्ष केसी नेतृत्वप्रति प्रतिवद्ध रहन पनि आग्रह गर्नुभएको छ ।

    यो पनि…….फुटपरस्त प्रवृतिलाई निस्तेज पार्न सुदूरपश्चिमका राजमो जिल्ला समितिहरूको अपिल

    सोमबार, असोज १८, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.