शंकर प्रसाद पोख्रेल, गुल्मी ।
कालीगण्डकी गाउँपालिका उर्लेनीमा राष्ट्रिय जनमोर्चाको प्रशिक्षण सम्पन्न भएको छ । कालीगण्डकीमा पछिल्लो समय राजमोमा प्रवेशको लहर चलिरहेको छ ।
Advertisement
नवप्रवेशीहरुसमेतलाई समेटेर राजमोले आइतबार प्रशिक्षण कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा राजमोका केन्द्रीय सदस्य रामकुमार क्षत्रीले देशको राजनीतिक अवस्था र राष्ट्रिय जनमोर्चाले खेलेको भूमिकाबारे प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रममा कालीगण्डकी गाउँपालिकाका उपाध्यक्ष तारा थापा क्षत्री, राजमो उपाध्यक्ष सूर्य क्षत्री, अखिल नेपाल युवक संघका गाउँपालिका अध्यक्ष मेघराज शर्माको पनि उपस्थिति रहेको थियो ।
कालीगण्डकी गाउँपालिकामा राष्ट्रिय जनमोर्चाले पार्टी प्रवेश, प्रशिक्षणलगायत संगठनात्मक अभियानलाई तिब्रता दिएको छ ।