• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

दार्चुलाका ब्यासवासी तुइनमा फेरि झुन्डिँदै


  •   आइतबार, असोज १७, २०७८ मा प्रकाशित
  • दार्चुला । ब्यास गाउँपालिकाका नागरिक फेरि पनि तुइनमा झुन्डिँदै गाउँ आउनजान बाध्य छन् ।

    Advertisement

    सरकारले व्याँस गाउँपालिका–२ दुम्लिङ राप्ला मालका लागि वैकल्पिक बाटोको व्यवस्था गर्न नसक्दा फेरि पनि तुइनमा झुन्डिँदै यात्रा गर्न बाध्य भएका हुन् ।

    राप्ला र मालगाउँका सयौँ परिवार फेरि पनि तुइनमा झुन्डिएर वारपार गर्न थालेका छन् । सरकारले वैकल्पिक बाटोको विकल्प दिन नसक्दा उनीहरूले पुरानै शैलीको तारको प्रयोग गर्दै आवतजावत गर्न लागेका छन् ।

    स्थानीय सरकारले माल गाउँका लागि हेलिकप्टरमार्फत खाद्यान्न गाउँ पुर्याए पनि दुम्लिङका स्थानीयवासीका लागि खाद्यान्न ढुवानी हुन सकेको छैन । खाद्य संस्थानले ठेक्कामार्फत चामल पु¥याउने भने पनि अझै पुर्याउन नसकेको स्थानीवासी प्रभात बुढाथोकी बताउनुहुन्छ ।

    उहाँ भन्नुहुन्छ– गाउँमा खाद्यान्न ढुवानी हुन नसकेपछि बाध्य भएर फेरि पनि तुइनबाट खाद्यान्न ढुवानी गर्नुपर्ने अवस्था सिर्जना भएको छ ।

    तुइनको जोखिम मोलेर दुम्लिङका स्थानीयवासीले खाद्यान्न र आवतजावत गर्नु परेको अर्का स्थानीयवासी महेन्द्र बुढाथोकी बताउनुहुन्छ । उहाँका अनुसार बाटोको विकल्प छैन । तुइनबाट नगएर गाउँ पुग्न दुई दिनभन्दा बढी लाग्छ ।

    ‘वर्षौंदेखि मजबुर भएर तुइनमा झुन्डिनुपरेको छ’ उहाँ भन्नुहुन्छ– ‘यो क्षेत्रमा राज्यको नजर कहिले पुग्ला ।’

    नेपालबाट दुम्लिङ पुग्न दुई दिन लाग्छ । भारतीय बाटो हुँदै जाँदा दुई घण्टामै गाउँ पुगिन्छ । यो क्षेत्रमा दुई वर्षअघिसम्म काठको पुलमार्फत महाकाली वारपार हुने गथ्र्यो । कोभिड–१९ को लहर आएसँगै यो क्षेत्रमा लगाइएको काठेपुल भत्काइएको हो । त्यसयता अहिले नागरिकले तुइन लगाएर आवतजावत गर्न थालेका हुन् ।

    फेसबुकमा जलन बुढाथोकी लेख्नुहुन्छ– ‘जिन्दगीको कुनै निश्चित छैन, कतिखेर महाकालीमा विलीन हुने हो, यो बाध्यता कसले बुझिदिने ?’

    गत साउन १५ गते व्यास गाउँपालिका–२ कै जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएयता यहाँका नागरिकलाई पनि तुइनमा आवतजावत गर्न निकै डर लागेको छ तर तुइनको विकल्प नभएपछि अहिले पनि उर्लंदो महाकालीमा आवतजावत गर्न बाध्य भएका हुन् ।

    ब्यासको दुम्लिङ सडक अहिले नै पुग्न सक्ने अवस्था छैन । यो क्षेत्रमा भर्खर मात्र नेपाली सेनाले सडक निर्माणको काम थालनी गरेको छ ।

    मालगाउँ नजिकैबाट सेनाले काम सुरु गरेको छ । ब्यास–३ तुसरपानी क्षेत्रमा सडक निर्माणमा भएको बेवास्ताले पनि नेपालीले दुःख पाएको दुम्लिङका स्थानीयवासी प्रभात बुढाथोकी बताउनुहुन्छ ।

    उहाँ भन्नुहुन्छ– ‘यस्तै छ, हाम्रो परिस्थिति नेपालीको बाध्यता राज्यको ध्यान नजानू ।’

    राज्यले ध्यान नदिएकै कारण मालमा घटना घटेको हो ।

    मालघाटमा झोलुङ्गेपुल निर्माणका लागि ठेक्का भएको तीन वर्ष हुँदा पनि निर्माण कार्य अघि बढेको छैन । पुल निर्माण मात्रै भएको भए राप्ला, माल र दुम्लिङका नागरिकले राहत पाउँथे, मालका स्थानीयवासी नरेन्द्रसिंह धामी भन्नुहुन्छ– ‘मेरो दाइ बेपत्ता भएको महिनौँ भयो, अझै पनि सरकारले यो क्षेत्रमा पुल निर्माणका लागि ठेकेदारलाई घच्घच्याएको छैन ।’

    नवीनसिंह डोबाल भन्नुहुन्छ– ‘व्यासवासीका अनगिन्ती पीडा छ, महाकालीमा तुइन लगाउँदा अझै पनि छिमेकी भारतीयको त्रास छ ।’

    त्रासका बिच तुइनको डोरीमा आवतजावत गर्नुपरेको छ । एकातिर गाउँमा नुनतेल हुँदैन । खाद्यान्नलगायत दैनिक उपभोग्य समान भारतबाटै निर्यात गर्नुपर्छ । सरकारले तुइन बन्द भएको तीन महिनासम्म पनि खाद्यान्न ढुवानी गर्न नसक्दा स्थानीयवासीले फेरि जोखिम मोलेर तुइन लगाउन थालेका हुन् । (रासस)

    आइतबार, असोज १७, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.