• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

म्याग्दीमा कायमै छ धर्मभकारीमा अन्न भर्ने प्रचलन


  •   आइतबार, असोज १७, २०७८ मा प्रकाशित
  • बेनी । म्याग्दीको ताकम गाउँमा वर्षौँदेखि चल्दै आएका धर्मभकारीमा अन्न भर्ने चलन कायमै छ । प्रविधिको पहुँच र यातायातको सुविधाका कारण कतिपय स्थानीय चलन, सिप र प्रविधि लोप भइरहेका अवस्थामा पनि सो चलन अहिले पनि जीवन्त छ ।

    Advertisement

    धवलागिरि गाउँपालिका–७ ताकममा प्राचीन चलनलाई निरन्तरता दिने उद्देश्यले सहकारी संस्था नै गठन गरेर अन्न भकारीमा अन्न भर्ने र सङ्कट परेको व्यक्तिलाई वितरण गर्ने गरिएको छ ।

    सो गाउँमा प्रगतिशील महिला अन्न बचत तथा कृषि सहकारी संस्थाले साविकको ताकम गाविस–४ मा सञ्चालन गरेको धर्मभकारी अझैसम्म पनि सञ्चालनमा रहेको र यसलाई थप व्यवस्थित गर्दै लैजान थालिएको ताकमका युवा तथा धर्मभकारीका संयोजक गोपाल आचार्यले जानकारी दिनुभयो ।

    ‘पहिला गाउँमा चाडबाडको समयमा चामल नपाइने भएकाले मङ्सिरमा धान उठाएपछि सदस्यसँग सङ्कलन गरेर धर्मभकारीमा राख्ने र चाडबाडको सिजन पारेर भदौअसोजमा आवश्यक पर्ने सदस्यलाई धान उपलब्ध गराउँदै आइन्थ्यो’ उहाँले भन्नुभयो ।

    उहाँका अनुसार अन्नभकारीलाई व्यवस्थित गर्नका लागि झनबहादुर थापा र उहाँकी धर्मपत्नी लाटीदेवी थापाबाट रु पाँच लाख बराबरको जग्गा दानमार्फत प्राप्त भएपछि सोही जग्गामा भवन निर्माण गरेर धर्मभकारी स्थापना गरिएको छ ।

    ‘धर्मभकारी धेरै पहिल्यैबाट सञ्चालित थियो, जग्गा प्राप्त भएपछि त्यसलाई थप व्यवस्थापनका लागि वि.सं. २०६८ मा प्रगतिशील महिला अन्न वचत तथा कृषि सहकारी संस्था स्थापना गरी सहकारीमार्फत सञ्चालन गर्दै आएका छौँ’ प्रगतिशील महिला बचत तथा कृषि सहकारी संस्थाका अध्यक्ष रुक्मिणी पौडेलले भन्नुभयो ।

    उहाँका अनुसार धर्मभकारीमा अहिले ४५ मुरी धान जम्मा भएको छ । आगामी दिनमा कोदो, मकैलगायतका अन्य अन्न पनि सङ्कलन गर्ने योजनामा सहकारी रहेको छ ।

    नब्बे जना सेयर सदस्य रहेको संस्थाले सेयर सदस्यसँग सेयरका रुपमा धान सङ्कलन गर्ने र सङ्कटका समयमा सदस्यलाई नै उपलब्ध गराउँदै आएको छ । संस्थाबाट धान लैजाने सदस्यले मङ्सिरमा ५ पाथीको थप एक पाथीसहित संस्थामा धान बुझाउनुपर्दछ । धान लगेका सदस्यले मङ्सिरमा धान नै उपलब्ध गराउनुपर्छ, धानको सट्टा पैसा दिन पाइँदैन ।

    ‘चाडबाडका समयमा चामल अभाव हुने भएकाले विगतमा यो निकै प्रभावकारी थियो’ संस्थाका सल्लाहकार आचार्यले भन्नुभयो– ‘पछिल्लो समय पैसा र खाद्यान्नको अभाव हुन छाडेपछि धर्मभकारीको महत्त्व पनि क्रमशः कम हँुदै गएको छ ।’

    पहिले पहिले सडक आइपुगेको थिएन, चाडबाडको समयमा चामल नपाइने समस्या थियो, त्यतिबेला धर्मभकारी आवश्यक ठानेर स्थानीय अगुवाहरूले यसको सञ्चालन गर्नुभयो, हराउँला कि भन्ने चिन्ता भएपछि सहकारीमार्फत व्यवस्थापन गर्दै आएको स्थानीयवासीको भनाइ छ ।

    गाउँमा चाडबाडका समयमा चामलको समस्या हुन नदिन, महिलालाई सङ्गठित भएर काम गर्न र नेतृत्व विकासका लागि सहयोग पुगोस् भनेर धर्मभकारी सञ्चालन गरिएको र यसको संरक्षणको जिम्मा महिला सहकारीलाई दिएको संयोजक आचार्यले जानकारी दिनुभयो । (रासस)

    आइतबार, असोज १७, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.