• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कङ्गोमा इबोला सङ्क्रमितको सङ्ख्या ७ हजार नाघ्यो

सडक दुर्घटनामा शिक्षक सुवेदी घाइते

वृद्धाश्रममा आगलागी हुँदा १६ जनाको मृत्यु

राहत के गर्दैछौ (तिजीगीत)

भालुबाङ अस्पतालमा एनएसआईको पाँच वर्षे कार्यक्रम

एम्बुलेन्स चालक चौधरीलाई बिदाई

प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दै, हालसम्म साढे १३ अर्ब मौज्दात

युएईलाई हराउँदै नेपाल एसिया कपमा छनोट

‘स्वतन्त्र’ को अवमूल्यन (तिजगीत)

लोकप्रिय समाचार

  • १. विपत्तिकाे सामना

  • २. शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

  • ३. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

  • ४. स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

  • ५. ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

  • ६. १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

  • ७. बाढीप्रभावित नुवाकोटमा मसालका महामन्त्री सिंहको स्थलगत अनुगमन

  • ८. मोहनविक्रम सिंहको ‘१२ मई’ नाटक मञ्चन (फोटासहित)

  • ९. युगदर्शन साप्ताहिकको आठौँ वर्षप्रवेशप्रति मूल प्रवाहको शुभकामना

  • १०. बिकानेरमा मूल प्रवाहको महिला नगर विभाग पुनर्गठन

अमेरिकामा २१ वर्षदेखि मृत्युदण्डको पालोमा राखिएका छन् यी व्यक्ति 


  •   आइतबार, मङि्सर ०१, २०७६ मा प्रकाशित
  • अमेरिकाको टेक्सस राज्यस्थित एउटा अदालतले हत्याको अभियोगमा दोषी ठहर भएर २१ वर्षअघि सजाय सुनाइएका एक व्यक्तिको मृत्युदण्ड अन्तिम समयमा रोकिदिएको छ।सन् १९९६ मा एउटी युवतीको हत्या गरेको भन्दै रोड्नी रीडलाई मृत्युदण्डको फैसला सुनाइएको थियो। उनलाई त्यति बेलादेखि नै मृत्युदण्डको पालोमा राखिएको थियो।

    Advertisement

    उनलाई आगामी नोभेम्बर २० मा विषालु सुई दिएर मृत्युदण्ड दिने योजना थियो। उनलाई मृत्युदण्ड दिने कुराले अमेरिकामा ठूलो चासो व्यक्त भएको थियो।उनन्तीस लाखभन्दा बढी मानिसले उनलाई क्षमादान दिन याचना गरेका थिए। विभिन्न चर्चित व्यक्तिहरूले पनि उनको जीवनरक्षाका लागि बोलेका थिए।

    रीडले आफू निर्दोष भएको बताउँदै आएका छन्। उनका वकिलका अनुसार नयाँ प्रमाणहरूले उनले अपराध नगरेको पुष्टि गर्छन्। रीडलाई सुनाइएको मृत्युदण्ड १२० दिन थाँती राखिने निर्णय टेक्सस बोर्ड अफ पार्डन्ज एन्ड परोल्जले गरेको छ।

    तर मृत्युदण्डको सजायलाई आजीवन कारावासमा परिवर्तन गर्न उनले गरेको निवेदनलाई उक्त बोर्डले अस्वीकार गरिदिएको छ। मृत्युदण्ड तत्काल कार्यान्वयन नहुने जानकारी पाउँदा रीड प्रख्यात टेलिभिजनकर्मी किम कार्ड्याशिअन वेस्टसँग भेट गर्दैथिए।आफ्नो इन्स्टाग्राम खातामा किम कार्ड्याशिअन वेस्टले त्यो सूचना पाउँदा देखिएको सन्तोष र आशा शब्दमा वर्णन गर्न नसकिने उल्लेख गरेकी छन्। रीडको मुद्दामा संलग्न इनसन्ट प्रोजेक्ट नामक संस्थाले अदालतको निर्णयको स्वागत गरेको छ।

    घटना के हो?

    एप्रिल २३ को बिहानै १९ वर्षीया स्टेसी स्टाइट्सले काममा पुगिसक्नुपर्ने थियो। तर अस्टिननजिकै रहेको उक्त किराना पसलमा उनी पुगिनन्।केही घण्टापछि उनले चलाएको ट्रक बेवारिसे अवस्थामा भेटियो।दिउँसो उनको शव फेला पर्‍यो। उनकै पेटी प्रयोग गरी घाँटी थिचेर उनको हत्या भएको थियो। अनुसन्धानकर्ताहरूले उनको योनिमा अतिन्यून मात्रामा वीर्य भेटिएको बताएका थिए। त्यो वीर्य रीडको रहेको खुलेको थियो।

    यौन दुर्व्यवहारसम्बन्धी एउटा फरक मुद्दामा परिसकेका कारण प्रहरीसँग उनको डीएनए थियो। त्यो पुरानो घटनामा उनी निर्दोष साबित भएका थिए। रीडले स्टाइट्ससँग आफ्नो गोप्य रूपमा सम्बन्धमा रहेको दाबी गरेका थिए। स्टाइट्सले प्रयोग गरेको ट्रकमा रीडको औँठाछाप फेला परेको थिएन। शुक्राणुका कारण उनीविरुद्ध मुद्दा चलाइएको थियो। हत्याको एक दिनअघि आफूहरूबीच सहमतिमै यौन सम्पर्क भएको उनले बताएका थिए।

    तर सुनुवाइका क्रममा विज्ञहरूले उनीप्रतिकूल बयान दिए। स्टाइट्सको शरीरमा त्यति लामो समयसम्म शुक्राणु रहन नसक्ने तर्क उनीहरूको थियो।उनीहरूले स्टाइट्सको बलात्कार गरिएको र त्यसपछि हत्या भएको हुन सक्ने आफूलाई लागेको बताएका थिए । त्यसैका आधारमा अश्वेत वर्णका रीडलाई दोषी ठहर गरिएको थियो। मुद्दा हेर्ने जुरीका सबै सदस्य श्वेत वर्णका थिए।

    नयाँ प्रमाण के हुन्?
    रीडका वकिलले अहिले नयाँ प्रमाण पेस गरेका छन्। पहिला विज्ञका रूपमा साक्षी बसेका डा। रोबर्टो बायार्डोले एउटा विज्ञप्तिमा मृत्यु भएको केही दिनसम्म योनिमा शुक्राणु जीवित रहन सक्ने आधार देखिएको बताएका छन्। त्यसैले स्टाइट्स र रीडबीच सहमतिमा यौन सम्पर्क भएको भन्नुबाहेक अन्य कुराको प्रमाण नपुग्ने उनले बताएका छन्। स्टाइट्सको एक पूर्वप्रहरी जिमी फेनलसँग विवाह हुन कुरा छिनिएको थियो।

    तर अहिले केही साक्षीहरूले ती दुईको सम्बन्धबारे आफूले देखेको कुरा भन्न थालेका छन्। एउटी महिलाका अनुसार फेनलले यदि आफ्नी प्रेमिकाले धोका दिएको थाहा पाए घाँटी थिचेर मारिदिने बताउने गरेका थिए। एउटा बीमा कम्पनीका प्रतिनिधिले पनि आफूसँग फेनलले त्यस्तै कुरा गरेको बताएका छन्।

    स्टाइट्सको अन्तिम संस्कारमा सहभागी हुन गएका फेनलले उनको शव हेर्दै आफ्नो कर्मको फल पाएको आशय व्यक्त गरेको आफूले सुनेको ती साक्षीले बताएका छन्। पछि फेनल अर्की महिलाको अपहरण र यौन शोषण गरेको अभियोगमा जेल परे। उनी सन् २०१८ मा रिहा भए।

    उनीसँग जेलमा बसेका एक व्यक्तिलाई अहिले नयाँ साक्षीका रूपमा प्रस्तुत गरिँदैछ। जेलमा हुँदा फेनलले आफ्नी प्रेमिकाले अर्का पुरुषसँग सम्बन्ध राखेका कारण हत्या गरेको आफूलाई बताएको उनको दाबी छ।तर फेनलका वकिलले भने उक्त दाबी असत्य भएको बताएका छन्। उनका अनुसार ती साक्षी पेसेवर अपराधी भएको र उनले आफू जोगिन खोजेको बताएछ छन्।(बीबीसी)

    आइतबार, मङि्सर ०१, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कङ्गोमा इबोला सङ्क्रमितको सङ्ख्या ७ हजार नाघ्यो
    वृद्धाश्रममा आगलागी हुँदा १६ जनाको मृत्यु
    इरान–अमेरिका तनाव चर्किंदा इन्धनको मुल्यमा उच्च वृद्धि
    हर्मुज जलघाँटीमा इरानद्वारा जहाजमाथि आक्रमण
    चिनियाँ एआईमाथि अमेरिकी आरोप
    राष्ट्रसङ्घको एकासिऔँ महासभा सुरु हुँदै

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      विपत्तिकाे सामना

    • २.
      शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

    • ३.
      उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ४.
      स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

    • ५.
      ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

    • ६.
      १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

    भर्खरै

    • १.
      कङ्गोमा इबोला सङ्क्रमितको सङ्ख्या ७ हजार नाघ्यो

    • २.
      सडक दुर्घटनामा शिक्षक सुवेदी घाइते

    • ३.
      वृद्धाश्रममा आगलागी हुँदा १६ जनाको मृत्यु

    • ४.
      राहत के गर्दैछौ (तिजीगीत)

    • ५.
      भालुबाङ अस्पतालमा एनएसआईको पाँच वर्षे कार्यक्रम

    • ६.
      एम्बुलेन्स चालक चौधरीलाई बिदाई

    • ७.
      प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दै, हालसम्म साढे १३ अर्ब मौज्दात

    • ८.
      युएईलाई हराउँदै नेपाल एसिया कपमा छनोट

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.