Advertisement
दिनेश रैदास, दाङ ।
राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मिराज नेपालीले गणतन्त्र र राष्ट्रियता संकटमा भएको बताउनु भयो।
आइतबार राष्ट्रिय जनमोर्चाले आयोजना गरेको एमसीसी विरुद्वको विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालीले जनताको ठूलो आन्दोलन र बलिदानबाट प्राप्त भएको गणतन्त्र जस्ता उपलब्धिहरू सबैभन्दा बढी अवमूल्वन त्यस यता बनेका सरकारहरूबाट हुने गरेको बताउनु भएको छ।

त्यसैगरी राष्ट्रिय जनमोर्चा दाङ जिल्ला अध्यक्ष गणेश आचार्यले संघीयता र एमसीसी दुवै राष्ट्रिय विरुद्ध रहेको बताउनु भयो। साथै अखिल नेपाल ट्रेड युनियन महासंघ दाङका अध्यक्ष हरि थापाले पनि सम्बोधान गर्नुभएको थियो ।

अखिल नेपाल महिला संघका दाङ जिल्ला सचिव शारदा थापाको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन राष्ट्रिय जनमोर्चा दाङ जिल्ला सचिव वसन्त पौडेल गर्नु भएको थियो।
