कृष्ण केसी, नारायणगढ ।
राष्ट्रिय जनमोर्चा चितवन जिल्ला समितिले सङ्घीयता र एमसिसी विरुद्धमा सभा सम्पन्न गरेको छ ।
Advertisement
२०७८ असोज ९ गते भरतपुर राजमो पार्टी कार्यालयबाट नाराजुलुससहित अघि बढेका प्रदर्शनकारीहरू चौबिसकोठीमा पुगेर कोणसभा परिणत भएको थियो ।
कार्यक्रममा अखिल नेपाल युवक सङ्घका अध्यक्ष अनिलकिशोर घिमिरे, राष्ट्रिय जनमोर्चाका जिल्लाध्यक्ष डम्मर पुरी र नेकपा (मसाल) चितवनका प्रवक्ता मेघराज ढकालले सम्बोधन गर्नुभएको थियो ।
सो अवसरमा वक्ताहरूले सङ्घीयता र एमसिसी दुवै राष्ट्रियता र सार्वभौमिकताको विरुद्ध रहेकाले तत्कालै खारेज गर्न आग्रह गर्नुभएको थियो ।
कोणसभाको सञ्चालन नारायण चालिसेले गर्नुभएको थियो ।
कार्यक्रममा रक्तिम सांस्कृतिक अभियान चितवनका कलाकारहरूले “उस्तै छ हामीलाई पिरलो” शीर्षकको गीत प्रस्तुत गर्नुभएको थियो ।
