कृष्ण केसी, चितवन ।
अखिल नेपाल युवक संघ चितवनको जिल्ला भेला सम्पन्न भएको छ । शनिबार सम्पन्न भेलाले ११ सदस्सीय जिल्ला समिति गठन गरेको हो ।
समितिको अध्यक्षमा छबीलाल शर्मा, उपाध्यक्ष सुमन शर्मा, सचिव नरहरी पुरी र कोषाध्यक्षमा पेरमप्रसाद शर्मा रहनुभएको छ । सदस्यहरुमा लक्ष्मीधर शर्मा, संगीता केसी, जिवन पौदियल, कौसिला घर्ती, विनोद आचार्य, संजिव पौदियल, प्रजापति शर्मा हुनुहुन्छ ।
कार्यक्रममा प्रमुख अतिथी युवक संघका अध्यक्ष अनिल किशोर घिमिरे तथा अतिथीहरु राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा चितवन जिल्ला अध्यक्ष डम्मर पुरी, नेकपा (मसाल) का जिल्ला प्रवक्ता मेगराज ढकालले भेला सफलताको शुभकामना दिनुभएको थियो ।
छविलाल शर्माको अध्यक्षता, नरहरि पुरीको सञ्चालनमा भएको कार्यक्रममा अखिल नेपाल बुद्विजीवि संघका जिल्ला अध्यक्ष इन्द्र ढुंगानाले सम्पूर्ण टिमलाई शुभकामना दिनुभएको थियो ।