• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

महामारी सामना गर्न विश्वलाई थप तयारी आवश्यक

विश्व अर्थतन्त्रमा जोखिम र अनिश्चितता कायमै : आईएमएफ प्रमुख

ट्रम्प–सी भेटका लागि अमेरिका जाँदै चिनियाँ राष्ट्रपति

सभामुख अर्याल र भारतीय राजदूत श्रीवास्तवबीच भेट

तेस्रो राष्ट्रिय ओप्सना म्युजिक अवार्डको ‘सर्वोत्कृष्ट भजन गायक’को उपाधि मोतिराज खनाललाई

लोककल्याणकारी विज्ञापन कटौतीविरुद्ध पत्रकार महासंघको तालाबन्दी

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी

लागुपदार्थसहित दम्पती पक्राउ

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

पदक


  •   शनिबार, असोज ०९, २०७८ मा प्रकाशित
  • डा. गोविन्दप्रसाद आचार्य ##
    सम्मानका पदकको अपमान भयो ।
    गौरव गयो भन्दै देश धुरु धुरु रोयो ।।
    पदकले सिर ढाल्यो देश मुर्छा पर्यो ।
    स्वाभिमानी देशको गौरव रौरवमा पर्यो ।।

    Advertisement

    जनक्रान्ति सहिदको नराख् छातीमाथि ।
    काम गर्नेका इमानको नराख् छातीमाथि ।।
    पदक लाउँदा सम्मानले फुल्न पाउनुपर्छ ।
    कर्म मिठो फुली बास्ना देशमा डुल्नुपर्छ ।।

    देशको गौरव भन्न पाऊँ पदक लाउनेलाई ।
    अपमान नगरी दे देशका पदकलाई ।।
    छाडा गोरु तह लाउने पदक घाँडो हैनन् ।
    मनले छुँदा मनै चस्छ बिज्ने काँडो हैनन् ।।

    ठगी गर्ने दाम कमाउने देशका पदक लाउने ।
    देश बिचरो भयो अब तिनकै भजन गाउने ।।
    सुखानीका सहिदको अपमान भयो ।
    जनक्रान्ति सहिदको इतिहास रोयो ।।

    लोकतन्त्रको बलिदानको अपमान भयो ।
    किन होला यो देशमा जहान पदक लायो ।।
    घरका जहान खुसी पार्न देशले पदक दिन्न ।
    उस्को जल रगतमा छर्दा चोखो हुन्न ।।

    इतिहासले मान्नुपर्छ देशको पदक लाउन ।
    सक्दैन देश ठुस्सिएका जहान खुसी पार्न ।।
    कर्मवीर भन्न पाऊँ पदक लाउनेलाई ।
    सफा मन दिन पाऊँ देशका सर्जकलाई ।।

    हर शिलामा खोप्न पाऊँ पदकको कर्म ।
    चिडियाका गाना बनुन् पदकका कर्म ।।
    सुन्ने कान नथाकेर कर्म सुनी रहुन् ।
    कर्महरू जति हेर्यो उति हेरूँ बनुन् ।।

    सुकिजाला मखमली बिउ रोपे फुल्ला ।
    रोपेको बिउ कर्म मिठो ढकमक्क फुल्ला ।।
    नानी रोए फुल्याउन देशले पदक दिन्न ।
    देशको पदक बजारमा खेल्ने वस्तु हैन ।।

    छातीमाथि पदक राख्दा कर्म हिमाल हाँसोस् ।
    पदक राख्ने छातीसँग कर्म माया गाँसोस् ।।
    जुन बोटमा हेरे पनि कर्म घोगा लागोस् ।
    पदक लाउने दह्रो छाती देशको गौरव जागोस् ।।

    सडक गए सडक थुक्छन् थुक्छन् वन मन ।
    कर्मवीरले लाउने पदक किन लाउँछौ भन ।।
    कर्मवीरको बारी पसी घोगा नभाँच्नू है ।
    भोक लाग्दैमा अर्काको भाग खोसी नखानू है ।।

    कर्म हिमाल उठाएको देख्न पाउनुपर्छ ।
    खुसी भयो देशले दियो पदक लाउनुपर्छ ।।
    पदकमा देश हिमालको गौरव हाँस्नुपर्छ ।
    सहिदका हृदयको गाथा गाउनुपर्छ ।।

    देश अनि जनताको आशा हुनुपर्छ ।
    पदकमा विश्व मानव मुस्कुराउनुपर्छ ।।
    भनेका छन् पदकले अपमान भयो ।
    काम नगर्ने खन्चुवाका छातीमाथि गायो ।।

    पदक लाउने कर्म खोज्दा भेटिएको छैन ।
    वनमा फुल्ने सबै फूल शिरमा लाइँदैन ।।
    पाइहालौँ र खाइहालौँको होट बाजीको देशमा ।
    कर्मवीरको गौरव इमान कुल्चिएको देशमा ।।

    मुखियाका जहान भए देशको पदक लाउन ।
    गरिबका छोराछोरी बाकसमा आउने ।।
    यस्तो न्याय देशको हुन्न मसानको होला ।
    पदकमा मसानको न्याय पर्यो होला ।।

    काम गर्नेको इमानलाइ निराशाको नर्क ।
    कर्मवीर मानिस हो पदक नलाई फर्क ।।
    मुर्कट्टाको हुन्न आँखा सही सत्य देख्ने ।
    हुन्छ आँखा जहाँ पनि आफ्नै जहान देख्ने ।।

    जहान नाता देखेको छ देश देख्या छैन ।
    मसानको शासनमा न्याय हुँदै हुन्न ।।
    दिनरात गरेका छन् विवेक गुम्या कमाई ।
    त्यस्तैले त देशका पदक लाए रमाई रमाई ।।

    कर्मवीरलाइ पदक देऊ गौरव हिमाल उग्लो ।
    कुरूप हैन देशको न्याय बचाइराख सग्लो ।।
    देशका मान्छे हुनुपर्छ तेरो मेरो हैन ।
    देशका मान्छे बिथोलेर पदक दिने हैन ।।

    सम्मानका पदकमा जहानको मान ।
    कर्मवीरको वीरतामा जहानलाई थान ।।
    धर्ती उल्टो हिँड्या छैन देश उल्टो हिँड्यो ।
    कर्म गर्ने प्रतिभाको जोसजाँगर तोड्यो ।।

    बाटो बिराई हिँड्यो देश कर्मवीर जाग ।
    पूरापूर फेरि देश भन दुष्ट भाग ।।
    बिरालाले मुसा मार्छ पदक दिए हुन्न ।
    काम नगर्ने जहानलाई देशको पदक किन ।।

    हातमा ठेला उठाउनेलाई देशले हेर्नुपर्यो ।।
    जहानको छातीमाथि देशको पदक पर्यो ।।
    भनेका छन् पदकले गर्नेको देश खै त ।
    गर्नेको देश नभएको बिडम्वना यै त ।।

    पिडकलाई लोकतन्त्र पिडितलाइ पिडा ।
    कर्मवीरलाइ न्याय देऊ देश सुल्टो हिँडा ।।
    चोेरलाइ चौतारो छ साधुलाई सुली ।
    जहानलाइ पदक न दे सहिदलाइ भुली ।।

    सम्मानका पदको अपमान नगर् ।
    कर्मवीरको जाँगर मारी देशमा आँसु नछर ।।
    चिन्ता लाग्छ बिरालोको हातमा देश गयो ।
    देश सिद्रा बिरालाका हात नासो भयोे ।।

    पदकको अपमान गर्न पाइँदैन ।
    काम नगरी जहानलाई पदक चाहिँदैन ।।
    दिने भए सम्मानका सहिदलाई देऊ ।
    जहानलाई दिने प्रथा बन्द गरिदेऊ ।।

    शनिबार, असोज ०९, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘अग्निस्पन्दन’ कवितासङ्ग्रहको शल्यक्रिया
    आदर्शको पहाड
    रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न
    वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने
    लघुकथा : प्रकृति
    गजल

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      महामारी सामना गर्न विश्वलाई थप तयारी आवश्यक

    • २.
      विश्व अर्थतन्त्रमा जोखिम र अनिश्चितता कायमै : आईएमएफ प्रमुख

    • ३.
      ट्रम्प–सी भेटका लागि अमेरिका जाँदै चिनियाँ राष्ट्रपति

    • ४.
      सभामुख अर्याल र भारतीय राजदूत श्रीवास्तवबीच भेट

    • ५.
      तेस्रो राष्ट्रिय ओप्सना म्युजिक अवार्डको ‘सर्वोत्कृष्ट भजन गायक’को उपाधि मोतिराज खनाललाई

    • ६.
      लोककल्याणकारी विज्ञापन कटौतीविरुद्ध पत्रकार महासंघको तालाबन्दी

    • ७.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ८.
      साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.