जीवन शाही, सुर्खेत ।
राष्ट्रिय जनमोर्चा सुर्खेतका अध्यक्ष गोविन्द प्रसाद सुवेदी पुत्र वियोगमा पर्नुभएको छ । अध्यक्ष सुवेदीका जेठा छोरा ओम प्रकाश सुवेदीको मंगलबार काठमाडौंमा उपचारको क्रममा निधन भएको हो ।
Advertisement
सुर्खेतका सामाजिक अभियन्ता सुवेदी समाज जागरण केन्द्र स्याक नेपालका सस्थापक ग्रामिण जागरण सहकारीका अध्यक्ष, साहारा क्याम्पसका अध्यक्ष, जिल्ला बाल संगठन सुर्खेतका अध्यक्ष, सुवेदी कल्याण प्रतिष्ठानका अध्यक्षलगायत विभिन्न सामाजिक जिम्मेवारीमा हुनुहुन्थ्यो ।
सुवेदीको अन्तिम संस्कारका लागि बिहीबार विहान शव सुर्खेत ल्याइएको छ ।
वीरेन्द्रनगर–११ नेवारेमा उहाँ आवद्ध संघ संस्थाका पदाधिकारी, आफन्तजन, शुभचिन्तकहरुले अन्तिम श्रद्धाञ्जली दिएका छन् । उहाँको आजै भेरी स्थित समौझीघाटमा अन्तिम दाहसंस्कार गरिने मृतकका आफन्तले जनाएका छन् ।