काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले लोकतन्त्र र राजनीतिक स्थिरताका लागि पाँच दलीय गठबन्धनको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । वर्तमान पाँच दलीय गठबन्धन आगामी निर्वाचनसम्म कायम राख्नुपर्ने अध्यक्ष नेपालको धारणा छ ।
एकीकृत समाजवादीको जारी केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रस्ताव पेश गर्दै अध्यक्ष नेपालले लोकतन्त्रको रक्षा र मुलुकमा राजनीतिक स्थिरता कायम गर्ने सवालमा पाँच दलीय गठबन्धनले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।
उहाँले देशमा दुई थरी राजनीतिक धारमध्ये एउटा असहिष्णु धार रहेको जसको नेतृत्व केपी ओलीले गरिरहेका र अर्को लोकतान्त्रिक धारको नेतृत्व पाँच दलले गरेको पनि बताउनुभएको छ ।
‘एउटा अलोकतान्त्रिक, असहिष्णु र स्वेच्छाचारी प्रवृत्ति बोकेको दक्षिणपन्थी, विदेशपरस्त तथा राजतन्त्रपरस्त शक्तिसँग दक्षिणपन्थी गठबन्धन गर्ने सोच जसको मुख्य प्रतिनिधित्व केपी ओली गुटले गरिरहेको छ’ नेता नेपालद्वारा प्रस्तुत प्रतिवेदनमा भनिएको छ, ‘अर्को वाम लोकतान्त्रिक समिकरण, जसको प्रतिनिधित्व नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाली कांग्रस, जनता समाजवादी दल र राष्ट्रिय जनमोर्चाले गरिरहेका छन्।’
उहाँले यस मोर्चाबन्दी र सहकार्यलाई कम्तिमा पनि प्रतिनिधि सभाको पूर्ण कार्यकाल र आगामी निर्वाचनसम्म कायम राख्नुपर्ने र स्थानीय तहसम्म पु¥याउनुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।
यस्तो छ माधव नेपालको प्रतिवेदन