महेन्द्रनगर । दोधारा चाँदनी नगरपालिका–७ कञ्जभोजमा भारतीय तस्करहरूले गए राति सशस्त्र प्रहरीको गस्ती टोलीमाथि आक्रमण गरेका छन् । तस्करहरूको ढुंगामुढा प्रहारबाट ड्युटीमा खटिएका सुदीप सुनारसहित तीन जना सशस्त्र प्रहरी जवान घाइते भएका छन् ।
घाइते जवानको अवस्था सामान्य रहेको सशस्त्र प्रहरीले जनाएको छ । घटना राति १०ः३० बजे भएको बताइएको छ ।
सशस्त्र प्रहरी बल नम्बर ३५ गण शैलेश्वरी झलारीका प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरका अनुसार सात/आठ जनाको सङ्ख्यामा मोटरसाइकलमा भारतबाट सामान ल्याउँदै गरेका तस्करहरूले सीमाक्षेत्र नजिक ढुंगागामुढा प्रहार गरेका हुन् । भारतबाट तस्करले सामान लिएर आउने क्रमममा गस्ती टोलीले तस्करलाई नियन्त्रणमा लिने क्रममा ढुङ्गामुढा प्रहार गरी भागेको उहाँले बताउनुभयो ।
‘भारतीय प्रहरीले गस्तीमा रहेका जवानमाथि ढुंगामुढा प्रहार गर्नेहरूको समूहको खोजी गरी कारबाही गर्ने अश्वासन दिएको छ’, उहाँले भन्नुभयो, ‘तस्कहरू निकटबर्ती भारतीय क्षेत्रका बासिन्दा भएको जानकारी पाएका छौँ ।’