ईन्द्रमणि पाण्डे, बागलुङ ।
जातीय समता समाजको ढोरपाटन नगरपालिका–१ बुर्तिबाङमा वडा भेला तथा प्रशिक्षण सम्पन्न भएको छ ।
कार्यक्रममा समता समाजका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष नरबहादुर सुनारले सम्बोधन गर्दै जनताको घरदैलोसम्म जातीय समता समाजलाई पु-याएर गरिब उत्पिडनमा परेको समुदाय तथा वर्गको उत्थानको निम्ति सबैलाई लागि पर्न आग्रह गर्नु भयो ।
कार्यकक्रमा राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेश सहइन्चार्ज गौरीश्वर पाण्डेले पनि प्रशिक्षण दिनुभएको थियो ।
भेलाले वीरबहादुर गोतामेको अध्यक्षतामा नयाँ समिति समेत चयन गरेको छ । जसको उपाध्यक्षमा श्याम कुमारी विक, सचिवमा दुर्गा सुचिकार र कोषाध्यक्षमा चुनमान दर्जी रहनुभएको छ । सदस्यहरुमा नरमाया समर खाती, बोमबहादुर सुनार, भुमिराज विकरहनुभएको छ ।
चुनमान नेपालीको अध्यक्षता, वीरबहादुर विकको सञ्चालन तथा बोमबहादुर सुनारको स्वागत मन्तव्यमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा राजमो नेता कुलबहादुर छन्त्यालको पनि आतिथ्यता रहेको थियो ।