काठमाडौं । अछाममा राष्ट्रिय जनमोर्चाको संगठन विस्तार भएको छ । अछामको तुर्माखाद गाउँपालिकामा राजमोको संगठन निर्माण भएको हो ।
आइतबार भएको एक भेलाले नारायण शाहीको अध्यक्षतामा गाउँसमिति गठन गरेको हो । समितिको उपाध्यक्षमा निरव शाही, सचिव लक्ष्मण शाही, सहसचिव नरेन्द्र शाही र कोषाध्यक्षमा प्रमोद शाही चयन हुनुभएको छ ।
सदस्यहरुमा अमर विक, महेन्द्र शाही, नितेष शाही र जगत चौधरी रहनुभएको छ । भेलामा नेकपा (मसाल) कैलालीका प्रवक्ता मिलन शाही उपस्थित हुनुहुन्थ्यो ।
भेलालाई सम्बोधन गर्दै प्रवक्ता शाहीले देशको समसामयिक राजनीति र नेकपा (मसाल) तथा राष्ट्रिय जनमोर्चाले खेलिरहेको भूमिकाबारे स्पष्ट पार्नुभएको थियो । भेलापछि युगदर्शनसँगको सम्पर्कमा नेता शाहीले मजदुर, किसान लगायत गरिखाने वर्गका जनतामा राष्ट्रिय जनमोर्चाको राजनीतिप्रति आकर्षण बढ्दै गएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘गरिखाने वर्गका जनता राजमोको राजनीतिप्रति आकर्षित छन् । उनीहरु राष्ट्रियता, जनतन्त्र र जनजीविकाका कुरा यही पार्टीले मात्रै निरन्तर उठाइरहेको छ भन्ने कुरामा सहमत छन् । तर, पार्टीले किसान मजदुरहरुलाई संगठित गर्न सकिरहेको छैन ।’