• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

मानिस व्यक्तिवादी र स्वार्थी बन्नुमा शिक्षा प्रणाली दोषी : अध्यक्ष केसी


  •   शनिबार, असोज ०२, २०७८ मा प्रकाशित
  • श्यामलाल पोखरेल, बुटवल ।
    राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले देशमा विदेशी हस्तक्षेप बढेको बताउनुभएको छ । देश लुट्न देशी र विदेशी शक्तिहरु सक्रिय रहेकाले त्यसका विरुद्व एक हुनुपर्ने अध्यक्ष केसीले बताउनुभयो ।

    Advertisement

    अनेरास्ववियु (छैठौं) रुपन्देहीको शनिबार बुटवलमा सम्पन्न १९ औँ जिल्ला सम्मेलन उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष केसीले राष्ट्र र जनतालाई केन्द्रमा राखेर काम गरे मात्र देश बन्ने बताउनुभयो ।

    पूर्वउपप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष केसीले देश बनाउनका लागि विद्यार्थीले सही प्रकारको राजनीति बुझ्नु पर्ने बताउनुभयो । अहिलेको शिक्षा प्रणाली नै बेठिक भएको चर्चा गर्दै मानिस व्यक्तिवादी र स्वार्थी बन्नमा अहिलेको यो शिक्षा प्रणाली दोषी भएको अध्यक्ष केसीको भनाइ छ ।

    हाम्रो शिक्षा व्यवहारिक र वैज्ञानिक नभएको बताउँदै शिक्षा प्रणाली बेठिक भएकै कारण दक्ष जनशक्ति विदेश पलाएन हुने गरेको केसीले बताउनुभयो । उहाँले पाठ्यक्रम अध्ययनसँगै विद्यार्थीले देशको राजनीतिमा चासो दिनुपर्ने बताउनुभयो ।

    विद्यार्थीले राजनीति सिकेबुझेमा आजको विद्यार्थी भोलीको असल र स्वाभिमान नेपाली बन्न सक्ने अध्यक्ष केसीको तर्क छ । उहाँले भ्रष्टाचार, शोषण दमन, अन्यायको अन्त्यका लागि पनि विद्यार्थी राजनीतिबाट टाढा हुनै नहुने बताउनुभयो ।

    अखिल (छैठौं)का केन्द्रीय उपाध्यक्ष देवेन्द्र कुँवरले नेपालको शिक्षा प्रणालीमा आमुल परिवर्तन गर्नुपर्ने बताउनुभयो । अहिलेको शिक्षा प्रणालीको अन्त्य गरी वैज्ञानिक र जनवादी शिक्षा प्रणाली आवश्यक रहेको बताउँदै विद्यार्थी देशको सचेत वर्ग भएकाले विद्यार्थीलाई सही प्रकारको राजनीतिमा सामेल गराउनु पर्नेमा जोड दिनुभयो ।

    कार्यक्रममा राष्ट्रिय जनमाेर्चाका केन्द्रीय सल्लाहकार तथा रुपन्देही जिल्ला अध्यक्ष बद्रे आलम, अखिल नेपाल किसान महासंघका केन्द्रीय सदस्य चन्द्रबहादुर केसी, जातीय समता समाजका अध्यक्ष राजेश विश्वकर्मा, राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेश कोषाध्यक्ष गणेश गौतम, अखिल नेपाल महिला संघ रुपन्देही अध्यक्ष भानु केसी, अखिल नेपाल युवक संघका रुपन्देही अध्यक्ष हरि योगी, अखिल नेपाल जनजाती सम्मेलनका नारायण पुन, अखिल (छैठौं)का पूर्व जिल्ला अध्यक्ष प्रकाश जीसी, गणेश थापा, लगायतले बोल्नुभएको थियो ।

    अखिल छैठौं रुपन्देहीका अध्यक्ष सरोजमान सिंहको अध्यक्षता, सागर बेल्वासेको सञ्चालन र मिलन परियारको स्वागतमा कार्यक्रम भएको थियो ।

    जिल्ला सम्मेलनबाट सागर बेल्वासेको अध्यक्षतामा ११ पूर्ण र ४ वैकल्पिक गरी १५ सदस्यीय अखिल (छैठौं) रुपन्देही गठन गरिएको छ ।

    अखिल (छैठौं) ले यही असोज २२,२३ र २४ गते. बुटवलमै आफ्नो २१औँ राष्ट्रिय सम्मेलनको आयोजना गरेको छ । सो सम्मेलनको तयारीस्वरुप देशब्यापी संगठन निर्माणमा अखिल (छैठौं) जुटेको छ ।

    यो पनि : अखिल (छैठौं) रुपन्देहीको अध्यक्षमा सागर बेल्वासे

    शनिबार, असोज ०२, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.