टेकराज भुसाल, बुटवल ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) रुपन्देहीको १९ औँ जिल्ला सम्मेलन बुटवलमा सम्पन्न भएको छ। सम्मेलनले सागर बेलबासे अध्यक्ष रहेको ११ पूर्ण र ४ वैकल्पिक गरी १५ सदस्यीय जिल्ला समिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा कुलचन्द्र शर्मा, सचिवमा मिलन परियार, सहसचिवमा टेकराज भुसाल, कोषाध्यक्षमा विमल खरेल चयन हुनुभएको छ । सदस्यहरुमा क्रमशः अफ्ताफ आलम, दिपा विक, सागर जंग क्षेत्री, क्षितिज क्षेत्री, त्रिसना श्रीनेत र शितल केसी रहनुभएको छ।
त्यस्तै वैकल्पिक सदस्यहरुमा क्रमशः लक्ष्मण बन्जाडे, कल्पना क्षेत्री, सचिन परियार र अभिनाष खड्का रहनुभएको छ। सम्मेलनले सरोजमान सिंह, अशोक शर्मा, सन्तोष केसीलाई सल्लाहकार समितिमा चयन गरेको छ ।
‘शैक्षिक निजीकरण, उदारीकरण, संघीयता र एमसीसी विरुद्ध हाम्रो आन्दोलन वैज्ञानिक र जनवादी शिक्षाका लागि १९ औं जिल्ला सम्मेलन’ भन्ने मूल नाराका साथ सम्पन्न सम्मेलनको राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले उद्घाटन गर्नुभएको थियो ।
मानिस व्यक्तिवादी र स्वार्थी बन्नुमा शिक्षा प्रणाली दोषी : अध्यक्ष केसी