• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

प्रदेश १ मा राजेन्द्र राई र वागमतीमा राजेन्द्र पाण्डे मुख्यमन्त्रीका दाबेदार


  •   मङ्गलबार, भदौ २९, २०७८ मा प्रकाशित
  • काठमाडौं । नेकपा (एमाले) बाट विभाजित भएको नेकपा (एकीकृत समाजवादी) ले प्रदेश १ र वागमती प्रदेशमा सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । एकीकृत समाजवादीले समर्थन फिर्ता लिएपछि ती दुवै प्रदेशका सरकार अल्पमतमा परेका छन् ।

    Advertisement

    सरकार अल्पमतमा परेसँगै दुवै प्रदेशमा नयाँ सरकार गठनको चर्चा चलेको छ । प्रदेश १ मा एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र राई र वागमतीमा सोही दलका संसदीय दलका नेता राजेन्द्र पाण्डेलाई भावी मुख्यमन्त्रीका रुपमा हेरिएको छ । राई र पाण्डेले आ–आफ्नो प्रदेशमा नयाँ सरकार गठनका लागि पहल थालिसक्नु भएको छ ।

    एमालेमा चरम विवाद भइरहँदा माधव नेपालको पक्षमा लागेका तर, नेपालले नयाँ दल खोल्दा साथ नदिएका भीम आचार्य हाल प्रदेश १ को मुख्यमन्त्री हुनुहुन्छ भने उस्तै भूमिकामा रहेकी अष्टलक्ष्मी शाक्यलाई वागमतीको मुख्यमन्त्री बनाइएको थियो । तर, नेपाल नेतृत्वको एकीकृत समाजवादीले दुवै प्रदेशमा सरकारलाई समर्थन नदिने स्पष्ट पारेपछि मुख्यमन्त्री भएको एक महिना नपुग्दै आचार्य र शाक्यको पद धरापमा परेको हो ।

    अब दुवै प्रदेशका मुख्यमन्त्रीले कि राजीनामा दिनुपर्छ, कि त एक महिनाभित्र विश्वासको मत लिनुपर्छ । तर, अल्पमतमा परेका दुवै प्रदेश सरकारले विश्वासको मत पाउने सम्भावना भने बर्तमान पाँच दलीय गठबन्धन रहेसम्म सम्भव छैन । त्यसकारण यी दुवै प्रदेशमा नयाँ सरकार गठन हुने छ ।

    वागमतीमा सरकार गठन प्रक्रिया सुरु भइसक्यो : पाण्डे
    नेकपा (एकीकृत समाजवादी) का वागमती प्रदेश संसदीय दलका नेता राजेन्द्र पाण्डेले मुख्यमन्त्री अष्टमन्त्री शाक्यलाई दिएको समर्थन फिर्ता लिइसकेकाले अब तीन दलको साझा उम्मेदवारका रुपमा आफू अघि बढेको बताउनुभएको छ । उहाँले मुख्यमन्त्री शाक्यसँग राजीनामा दिने वा अविश्वास प्रस्ताव सामना गर्ने बाहेक अरु विकल्प नभएको बताउनुभयो।

    नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पाण्डेले भन्नुभयो, ‘हामीले मुख्यमन्त्री अष्टमन्त्री शाक्यलाई दिएको समर्थन फिर्ता लिइसकेका छौं । हामीले समर्थन फिर्ता लिएपछि एमालेको एकल बहुमत घटेर ४३ जनामा झरेको छ । उहाँले राजीनामा नदिए ३० दिनभित्र विश्वासको मत लिनुपर्ने बाध्यकारी व्यवस्था छ । राजीनामा दिने या विश्वासको मत लिने उहाँको कुरा हो । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र हामी मिलेर साझा उम्मेदवार तय गर्छौं ।’

    विगतमा अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाउन आफू लागे पनि केपी ओलीको शरणमा परेकाले समर्थन फिर्ता लिएको पाण्डेको भनाई थियो । उहाँले गठबन्धनसँग ६० सांसद रहेको दाबी पनि गर्नुभयो ।

    ‘हामी नेपाली कांग्रेसका २३, माओवादी केन्द्रका २३, एकीकृत समाजजादीका १३ र एक स्वतन्त्र सांसद गरी ६० जना पुग्छौैं । ५५ भए बहुमत पुग्छ । उहाँहरुको साना दल मिलाउँदा खेरि पनि बहुमत पुग्दैन । पाँच जना कहीँबाट पुर्याउन सक्ने अवस्था छैन’ उहाँले भन्नुभयो ।

    प्रदेश १ मा छलफलको जिम्मा राजेन्द्र र राजनलाई
    यता, प्रदेश १ मा पनि नेकपा (एकीकृत समाजवादी) सरकारको समर्थन फिर्ता लिएको छ । समर्थन फिर्ता लिएसँगै एकीकृत समाजवादीका प्रदेश संसदीय दलका नेता राजेन्द्र राई र राजन राई रहेको दुई सदस्यीय वार्ता टोली गठन गरी प्रदेशसभामा प्रतिनिधित्व गर्ने विभिन्न दलका नेतासँग छलफल सुरु गरेको छ ।

    ९२ सदस्यीय प्रदेशसभामा एमालेका ४१, कांग्रेसका २१, माओवादी केन्द्रका १५, एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपाको १÷१ जना प्रदेश सांसद छन् ।

    मङ्गलबार, भदौ २९, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.