ईन्द्रमणि पाण्डे, बागलुङ ।
ढोरपाटन नगरपालिका– ४ को छपाटेमा जातीय समता समाजको टोल समिति गठन भएको छ ।
Advertisement
जातीय समता समाजका जिल्ला अध्यक्ष नरबहादुर सुनारको बिषेश उपस्थितमा भएको कार्यक्रमले अनिल विकको अध्यक्षतामा नयाँ समिति गठन गरेको हो ।
समितिको सचिवमा पूर्ण हर्मेल र सदस्यहरुमा दुर्गप्रसाद श्रीपाली, गोपाल सुनार, झकिन्द श्रीपाली लगायतका सदस्य रहनुभएको छ ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चाका नेता कुलबहादुर छन्त्यालको पनी उपस्थित रहेको थियो ।