रवि पौडेल ##
एक मुठ्ठी उठाई सलाम
उचो शिर झुकाई श्रद्धाञ्जली
पेरू कम्युनिस्ट पार्टीका नेता
साइनिङ पाथ क्रान्तिका संस्थापक
कामरेड गोन्जालोप्रति श्रद्धाञ्जली
Advertisement
पेरुभिवाली जनताका आशाका केन्द्र
क्रान्तिमा समर्पित गोन्जालो तिमी
सत्तरी हजारको बलिदानपछि
सिक्रीले बेरे १९९२ देखि
तिम्रा आस्था ढलाउन
अमेरिकी साम्राज्यवादले
सडायो २९ वर्ष जेल
र मार्याे तिम्रो भौतिकरूपी शरीर
ढल्यो तिम्रो भौतिकरूपी शरीर
ढल्दैन विचार
मर्याे तिम्रो अस्थिपन्जर
मर्ने छैनन विचारहरू
भुल्ने छैनन क्रान्तिकारी तिम्रो योगदान लाई
सम्झेका छन विश्वभरि तिम्रो अदम्य साहसलाई
शरीर मरे पनि विचार मर्ने छैन
शरीर ढले पनि आस्था ढल्ने छैन
कामरेड अबिमायल गुजमान गोन्जालो
भावपूर्ण श्रद्धाञ्जली ।